‘फर्क राजा’को माग गरिएको म्युजिक भिडियो सार्वजनिक (भिडियो) | Khabarhub Khabarhub

‘फर्क राजा’को माग गरिएको म्युजिक भिडियो सार्वजनिक (भिडियो)


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सडकमा राजतन्त्र पुनर्स्थापनाको मा गर्दै विभिन्न आन्दोलन भइरहेका बेला राजतन्त्रको माग गरिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गीतमा पूर्वराजा ज्ञानेन्द्र शाह र कोमल ओलीलाई पुनः राजगद्दीमा फर्कन अनुरोध गरिएको छ ।

‘फर्क राजा फर्क’ बोलको गीतमा अर्जुन खड्काको शब्द तथा संगीत रहेको छ । गीतमा राजालाई भगवानको अवतारको रुपमा प्रस्तुत गरिएको छ ।

गीतमा तृप्ति खड्का, कृष्ण केसी, दीपिका बयम्बु, सूर्य विनायक, कालिका रोका, मोहन केसी, मिना अधिकारी, कुशल बेलबासी, अनुजा पुडासैनी र अर्जुन खड्काको संयुक्त स्वर सुन्न सकिन्छ ।

भिडियोमा चर्चित कलाकारहरुको अभिनय देख्न सकिन्छ । साथै भिडियोमा राजतन्त्र फर्काउन भएका आन्दोलनका दृश्यहरु पनि समेटिएको छ ।

भिडियोमा मौसमी मल्ल, राजाराम पौडेल, रमा थपलिया, गोविन्द राई लगायतको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ७ : ०५ बजे

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार