यस्ता छन् कालो अंगुरका बहुउपयोगी फाइदा | Khabarhub Khabarhub

यस्ता छन् कालो अंगुरका बहुउपयोगी फाइदा


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अंगुर मिठो नलाग्ने सायदै मानिसहरू होलान् । त्यसमा पनि कालो अंगुर त झन् औषधीय गुणले भरिपूर्ण हुन्छ । आज हामी कालो अंगुर खाँदाका बहुउपयोगी फाइदा बारेमा चर्चा गर्दैछौँ –

हृदयघात- अध्ययन अनुसार हृदयघात जस्तो गम्भीर रोगमा पनि अंगुर लाभदायक हुन्छ । यसले शरीरमा रगत जम्न दिँदैन जसका कारण मुटु ठीक अवस्थामा रहन्छ । तपाई पनि मुटुरोगी हुनुहुन्छ भने कालो अंगुरको रस पिउनुहोस् ।

माइग्रेन- कतिपयलाई माइग्रेन जस्तो रोगले निकै सताइरहेको हुन्छ । यस्तो समस्यामा टाउकोको आधा भाग दुख्ने गर्दछ । यस्तो पीडाको समयमा कालो अंगुरको सेवन गर्नु भएमा पीडा हराउँदछ ।

रक्ताल्पता- शरीरमा रगतको कमी हुँदा कमजोरी महशुस हुने र अन्य स्वास्थ्य समस्या पनि देखा पर्ने हुन्छ । यस्तो अवस्था निम्तिन नदिनको लागि दिनदिनै खाली पेट अंगुर खानुहोस् ।

अंगुरमा भएको पोलीफेनोलिक फाइटोकेमिकलले शरीरलाई क्यान्सरबाट मात्र नभई कोरोनरी मुटुरोग, नसारोग, बिर्सने रोग र फंगल संक्रमणबाट लड्ने क्षमता प्रदान गर्दछ ।

फोका- अनुहार वा जिउमा आएका फोकालाई सुकाउनका लागि अंगुर सहयोगी हुन्छ ।

रक्तस्राव- शरीरको कुनै भागबाट धेरै रगत बग्यो भने अंगुरको जुस एक गिलास बनाएर दुई चम्चा मह मिसाएर पिउँदा ठीक हुने बताइन्छ ।-एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ५ : ४५ बजे

खुट्टा तान्नेले जुत्ता मात्रै पाउँछन् : रवि लामिछाने

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको साथ रहुन्जेल

आईओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसिएल इन्टेलिजेन्स

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको

रास्वापा सिद्धयाउने षड्यन्त्र भइरहेको छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीलाई सिद्धयाउने

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका