सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने खोजेको भन्दै कांग्रेस नेता सिंहको आपत्ति | Khabarhub Khabarhub

सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने खोजेको भन्दै कांग्रेस नेता सिंहको आपत्ति


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । देउवा सरकारले मित्रराष्ट्रका प्रधानमन्त्री तथा विदेशी लगानीका आयोजनाका प्रतिनिधिको विरोध गर्नेमाथि कारबाही गर्ने चेतावनी दिएपछि कांग्रेस नेता सिंहले आपत्ति प्रकट गरेका हुन् । नेता सिंहले आफ्नै दल नेतृत्वको सरकारको आलोचना गरेका हुन् ।

नेता सिंहले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथि अंकुश लगाउन खोजे को होकी भनेर नागरिक स्थरमा आलोचना सुरु भएको बताउँदै सरकार यो विषयमा गम्भिर हुनुपर्ने बताएक छन् ।

नेपाली कांग्रेस सिन्धुपाल्चोकले काठमाडौँमा सोमबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा नेता सिंहले स्वतन्त्रताको वकालत गर्ने पार्टी कांग्रेस भएकाले यस्ता विषयमा सोचेरमात्र सरकारले कदम चाल्नुपर्ने बताए ।

उनले गृहमन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ती निकाल्नु आपतिजनक भएको टिप्पणी गरे । उनले भने ‘सरकारले जनताको दुःखमा साथ दिनु पर्दछ । सँधै जनाताको पक्षमा हुनुपर्दछ,’ उनले भने, ‘गृहमन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ती निकाल्नु आपति जनक छ । यसमा सरकार सच्चिनु पर्दछ ।’

नेता सिंहले राष्ट्र संकटमा पर्दा जहिले पनि नेपाली काग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै देश र लोकतन्त्रका लागि कांग्रेस मजबुत हुनुपर्ने धारण राखे ।

नेतृत्व गर्ने नेता कमजोर भए पार्टीले जति राम्रो काम गरे पनि नतिजा राम्रो लिन नसक्ने उनको भनाइ छ । उनले समय अनुसार पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने बताए । १३ औं महाधिवेशशनपछि कांग्रेस कमजोर हुँदा देशमा लोकतान्त्रिक पद्धती पनि कमजोर भएको उनको टिप्पणी थियो ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ३ : ०२ बजे

असल नियतको अँगालो हिंसा होइन : प्रकाश दुतराज

काठमाडौं– केही दिन अगाडि पोखराको एक महोत्सवमा गायक प्रकाश दुतराजलाई

दलहरूको ध्यान सत्तामा मात्रै केन्द्रित भयो : भीम रावल

काठमाडौं– पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले देशका प्रमुख दलहरूको ध्यान सत्तामा मात्रै

प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी

अत्तरिया–  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले खेलकुदका क्षेत्रमा

अमेरिका भ्रमण सकाएर स्वदेश फर्किए अर्थमन्त्री पुन  

काठमाडौं– अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फर्किएका छन् । 

अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री नेतान्याहु

इजरायल– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय