टोकियो ओलम्पिक : एथलेटिक्समा इटालीको थप सनसनी | Khabarhub Khabarhub

टोकियो ओलम्पिक : एथलेटिक्समा इटालीको थप सनसनी


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोकियो ओलम्पिकमा शुक्रबार इटालीको सनसनी फेरि देखियो । यसअघि एथ्लेटिक्समै दुई स्वर्ण पदक जितेको इटालीले शुक्रबार पुरुष चार गुणा चार सय रिलेको स्वर्ण पदक जित्यो । बेलायतले रजत र क्यानडाले कास्य पदक जिते ।

इटालीको ७० वर्षमा यो पहिलो रिले पदक हो । ओलम्पिकमा यो स्पर्धामा पहिलो स्वर्ण पदक हो । यसैको महिला स्पर्धामा जमैकाले स्वर्ण, अमेरिकाले रजत र बेलायतले कास्य पदक जिते ।

यस पटकको ओलम्पिकमा अपेक्षा गरिएभन्दा उत्कृष्ट प्रदर्शन गरी रहेको पोल्यान्डले हिँडाइमा एक स्वर्ण पदक जितको छ ।

५० किलोमिटर हिँडाइमा पोल्यान्डका डेभिड टमामलाले स्वर्ण पदक जितेका छन् । यस स्पर्धामा जर्मनीका जोनाथान हिल्बर्टले रजत र क्यानडाका इभान डुनेले कास्य पदक जिते ।

महिला २० किलोमिटर हिँडाइमा इटालीकी पाल्मिसानो एन्टोनेलाले स्वर्ण, कोलम्बियाकी एरेना सान्द्रा लोरेनाले रजत र चीनकी ली होङले कास्य पदक जिते ।

पुरुष ५ हजार मिटर दौडमा युगान्डाका जेसुहा किप्टेगाइले स्वर्ण, क्यानडाका अहमद मोहम्मदले रजत र अमेरिकाका पाउस सेलिमोले कास्य पदक जिते ।

महिलाको ४ सय मिटर दौडमा बहमासकी साउन मिल्बो उमरले स्वर्ण, डोमेनिक गणतन्त्रकी मेरिडिटी पाउलिन्होले रजत र अमेरिकाकी एलिसन फेलिक्सको कास्य पदक जिते ।

विश्व खेलकुदकन आकर्षक स्टार फेलिक्सका लागि यो अन्तिम ओलम्पिक हुनेछ । उनी लगातार पाँचौँ पटक ओलम्पिकमा सहभागी भएकी हुन् ।

खेल जीवनमा ४ गुणा सय, ४ गुणा ४ सय, र ४ सय मिटरमा उनले ओलम्पिक र विश्व च्याम्पियनसिप स्वर्ण पदक जितिसकेकी छन् । उनी लामो समय अमेरिकाका दुई दूरीकै रिले टोलीकी सदस्य रहेकी थिइन् ।

अपेक्षा गरिएका पोल्यान्डकी मारिया आन्द्रेजिक, जर्मनीकी क्रिस्चियन होसङ र अमेरिकी म्यागी म्यालोनले कमजोर प्रदर्शन गरेपछि चीनकी लिउ सियोङले महिला ज्याभलिन थ्रोको स्वर्ण पदक जितिन् । यो स्वर्ण पदकसँगै चीनले अमेरिकासँगको दूरीलाई यथावतै राख्न सफल भयो । शुक्रबार चीन र अमेरिकाले बराबर दुई स्वर्ण पदक जिते ।

सो स्पर्धामा आन्द्रेजिकले रजत पदक जितिन् । अस्ट्रेलियाकी केस्ली बारबरले कास्य पदक जितिन् ।

महिला १५ सय मिटरमा केन्याकी फेथ किपिइगेयनले स्वर्ण, बेलायतकी लाउरा मुयरले रजत र नेदरल्यान्डकी सिफाना हसनले कास्य पदक जिते ।

बिच भलिबलको महिला स्पर्धाको फाइनलमा अमेरिकाको अप्रिल र एलिक्सको जोडी अस्ट्रेलियाको आर्चनो डेल सोलार र क्लानसीको जोडीलाई हराउँदै स्वर्ण पदक जित्न सफल भयो । स्विट्जरल्यान्डको भर्ग डिप्रे र हाइडेरिचको जोडीले कास्य दिक जित्यो ।

बक्सिङको बक्सिङको पुरुष हेभिवेटमा क्युबाका जिलुया डा क्रुज रुसी ओलम्पिक कमिटीका मुस्लिम गाड्जिमाभोलाई हराउँदै स्वर्ण पदक जित्न सफल भए ।

साइक्लिङको महिला मेडिसिनमा बेलायतले स्वर्ण, डेनमार्कले रजत र रुसी ओलम्पिक कमिटीले कास्य पदक पाए । पुरुष स्प्रिन्टमा नेदरल्यान्डका हेरी लाभ्रेसनले स्वर्ण, होग्लाइन्ड जेफ्रेले रजत र बेलायतका ज्याक कारलीनले कास्य पदक जिते ।

महिला हक्कीको फाइनलमा नेदरल्यान्ड्सले अर्जेन्टिनालाई ३–१ ले हरायो । भारतलाई पराजित गर्दै बेलायतले कास्य पदक जित्यो ।

कुस्तीको फ्री स्टाइल पुरुष ७४ किलो तौल समूहमा रुस ओलम्पिक कमिटीका सिदाकोभ जौवरेकले स्वर्ण, बुल्गेरियाका खाजेदेभ मोहम्मदले रजत तथा अमेरिकाका केट डगलस र उज्बेकिस्तानका बेजकोड अब्दुर खानोमोभले कास्य पदक जिते ।

पुरुषको १२५ किलो तौल समूहमा अमेरिकाका गेवाल डन स्टेभेन्सनले स्वर्ण, जर्जियाका जेनो पेट्राभ्सेलीले रजत तथा टर्कीका टाहा अक्जुल र इरानका अमिर हुसेनले कास्य पदक जिते ।

महिला ५३ किलो फ्रिस्टाइलमा चीनकी प्याङ क्विनलाई फाइनलमा हराउँदै जापानकी मायु मुकाइदुले स्वर्ण पदक जितिन् । बुल्गेरियाकी भेनेसा कालाड्जिनाकाया र मङ्गोलियाकी बाट ओचीरले कास्य पदक जिते ।

मोर्डन पेन्टाथलनको महिला स्पर्धामा बेलायतका काटे फ्रेन्चले स्वर्ण, लिथुवानियाका लाउरा आउसडाटोले रजत र हङ्गेरीकी कोभाक्स साराटोलाले कास्य पदक जिते ।

महिला फुटबलमा क्यानडाले स्वर्ण, स्विडेनले रजत र अमेरिकाले कास्य पदक जिते । प्रतियोगिताको शुरूदेखि नै रक्षापङ्क्तिमा उत्कृष्ट रहँदै आएको क्यानडाले फाइनलमा पनि स्विडेनका कैयौँ डरलाग्दा आक्रमणबाट आफूलाई बचाएको थियो ।

फाइनल खेलमा निर्धारित र नियमित समयमा १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाई ब्रेकरको आधारमा भएको हो । टाई ब्रेकरमा २–२ गोल भए पछि खेल सडनडेथमा पुगेको थियो ।

स्पोर्ट क्लाइम्बिङको महिला स्पर्धामा स्लोभानियाकी जान्जा गार्नेटले स्वर्ण, जापानकी मिनो नोनाकाले रजत र जापानकै आकीयो नोगुचीले कास्य पदक जिते ।

टेबल टेनिसको पुरुष टिम स्पर्धामा चीनले स्वर्ण, जर्मनीले रजत र जापानले कास्य पदक जिते ।

कराँतेको पुरुष एकल कातामा जापानकी रेयु केयुकाइले स्वर्ण, स्पेनका डानियल क्विन्टेरोले रजत तथा टर्कीका अलि सोफोग्लु र अमेरिकाका टोरेस गुटिरेजले कास्य पदक जिते ।

कुमुतेको पुरुष ७५ किलोमा इटालीका बुसा लुइगीले स्वर्ण तथा अजरबैजानका राफेल अचायेभले रजत पदक जिते । सो स्पर्धामा हङ्गेरीका हालोइ गाबोर र युक्रेनका होरुना स्टानिस्लाभले कास्य पदक जिते ।

महिलाको ६१ किलो तौल समूहमा सर्बियाकी पेरेकोभा जाभानाले स्वर्ण, चीनकी जिज जाओजिनले रजत तथा टर्कीकी काभोन मर्भ र इजिप्टकी लोफ्टी गीयनाले कास्य पदक जिते । पहिलो पटक ओलम्पिकमा समावेश करातेमा जापानको पकड बलियो देखिएको छ ।

शुक्रबार भएको सेमिफाइनलमा जित हात पार्दै अमेरिका र जापान महिला बास्केटबलको फाइनलमा प्रवेश गरेका छन् । महिला भलिबलमा अमेरिका र ब्राजिल फाइनलमा प्रवेश गरेका छन् ।

–एसेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ९ : २४ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०