मन्दिरको सुन चोरी प्रकरण : दुईजना कारागार चलान | Khabarhub Khabarhub

मन्दिरको सुन चोरी प्रकरण : दुईजना कारागार चलान


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मन्दिरको सुन चोरेको आरोप लागेर प्रहरी हिरासतमा रहेका दुई जनालाई कारागार चलान गरिएको छ ।

बैतडीको दोगडाकेदार–१ रीमस्थित लटिनाथ मन्दिरको सुनचोरी प्रकरणमा पक्राउ परेका सातमध्ये दुई जनालाई कारागार चलान गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

कारागार चलान गरिनेमा दोगडाकेदार गाउँपालिका–१ रिमका धनबहादुर कार्की र केशवराम सार्की रहेका छन् । जिल्ला अदालत बैतडीका न्यायाधीश तीलकबहादुर कार्कीको एकल इजलासले सो घटनामा संलग्न रहेका धनबहादुर र केशवरामलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

धनबहादुर र केशवरामले मन्दिरको भण्डार घर फोडी सुन चोरी गरेको बताइएको छ ।

मन्दिरबाट चोरिएको सुन खरिद गरेको आरोपमा पक्राउ परेका सुनचाँदी व्यवसायी बैतडीका दशरथचन्द नगरपालिका–४ गढीका कञ्चन पौडेल र गणेश पौडेल तथा दार्चुलाको शैल्यशिखरका भुवनसिंह साहु धरौटीमा रिहा भएका छन् । उनीहरु जनही रु ५० हजार धरौटीमा रिहा भएका हुन् ।

यस्तै मन्दिरको सुनचोरी प्रकरणमा पक्राउ परेका दोगडाकेदार गाउँपालिका–१ रीमका लालबहादुर कार्की र हरिकृष्ण सार्की जनही रु १० हजार धरौटीमा छुटेका प्रहरीले जनाएको छ ।

लटिनाथ मन्दिरमा गत मङ्सिरमा सुन चोरी भएको भए पनि स्थानीयहरुले गत चैतमा मात्रै थाहा पाएका थिए । मन्दिरको सुन चोरिएको विषयमा केही महिना गाउँमै सोधपुछ गरिएको र असार अन्तिम साता प्रहरीमा उजुरी परेके थियो । उजुरीपछि प्रहरीले पौने चार तोला सुनसहित सात जनालाई नियन्त्रणमा लिएको छ ।

चार जना स्थानीय र तीनजना सुनचाँदी व्यवसायीलाई नियन्त्रणमा लिएर अनुसन्धान सकेर अदालतमा पेस गरिएको थियो । पक्राउ परेका उनीहरुसँग पौने चार तोला मात्रै सुन फेला परेको भए पनि मन्दिरबाट ९ तोला सुन चोरी भएको बताइएको छ ।-रासस

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ८ : ०१ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६