कक्षा १२ को परीक्षाको मोडालिटीबारे पुनर्विचार गर्न शिक्षा मन्त्रालयलाई सीसीएमसीको पत्र | Khabarhub Khabarhub

कक्षा १२ को परीक्षाको मोडालिटीबारे पुनर्विचार गर्न शिक्षा मन्त्रालयलाई सीसीएमसीको पत्र


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी साउन ३१ गतेबाट सञ्चालन हुने कक्षा १२ वार्षिक परीक्षा सञ्चालनका विषयमा पुनर्विचार गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)ले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र पठाएको छ ।

कोरोना संक्रमितको संख्या बढेसँगै १२ कक्षाको परीक्षाको मोडालिटीबारे पुनर्विचार गर्न शिक्षा मन्त्रालयलाई पत्र  पठाइएको सीसीएमसीका प्रवक्ता नूरहरि खतिवडाले बताए ।

उनले भने, ‘परीक्षाको मोडालिटीबारे पुनर्विचार गर्न भन्दै स्वास्थ्य मन्त्रालयको पत्र प्राप्त भएको र सोही पत्र शिक्षा मन्त्रालयमा पठाइएको हो ।’

सीसीएमसीले परीक्षा सञ्चालनको मोडालीटिलाई पुनर्विचार गर्न पत्र पठाए पनि त्यसको निर्णय भने शिक्षा मन्त्रालयले गर्ने उनले जानकारी दिए ।

यस अघि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले १०० दिनको कार्ययोजना सार्वजनिक गर्दै कोरोना संक्रमितको संख्या बढ्दै गएकाले आगामी दिनमा हुने परीक्षा स्थगित हुन सक्ने संकेत गरेका थिए ।

कोरोनाको जोखिम बढेसँगै परीक्षा स्थगित गर्न परीक्षार्थीका अभिभावकहरुले पनि आग्रह गर्दै आएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ६ : ३५ बजे

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार