सभामुख सापकोटा र उर्जा मन्त्री भुसालबीच छलफल | Khabarhub Khabarhub

सभामुख सापकोटा र उर्जा मन्त्री भुसालबीच छलफल


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटा र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालबीच आज छलफल भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफल सदनलाई प्रभावकारी बनाउने लगायतका विषयमा केन्द्रित रहेको थियो।

सभामुख सापकोटा र मन्त्री भुसालबीच मौसमजन्य विपत्तिले देशभरका नदी तटीय क्षेत्रमा भएको क्षति र नदी कटान नियन्त्रणका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ। मौसम शुरु भए लगत्तै सिन्धुपाल्चोक, मनाङ् लगायतका जिल्लामा बाढी र पहिरोले ठूलो जनधनको क्षति भएको छ।

उनीहरुबीच मनसुन जारी रहेकोले सिन्धुपाल्चोक लगायतका बाढी प्रभावित जिल्लामा नदी कटान नियन्त्रणका लागि सरकारी प्राथमिकताका विषयमा पनि छलफल भएको छ। सिन्धुपाल्चोकका मेलम्ची, इन्द्रावती, ब्रम्हायणी र भोटेकोशी नदी तटीय क्षेत्रमा बसोबास गर्ने ठूलो जनसंख्या यसबर्षको अप्रत्याशित बाढी पहिरोका कारण विस्थापित भएको छ।

सभामुख सापकोटाले संसदको चालु अधिवेशनलाई गतिशील बनाउने सम्बन्धमा यसअघि गृह मन्त्री बालकृष्ण खाण, अर्थ मन्त्री जनार्दन शर्मासँग छलफल गरिसकेका छन्। सभामुख र कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच पनि यसै विषयमा नियमित छलफल हुँदै आएको छ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ३ : ०२ बजे

थाइल्यान्डमा ‘लु’ बाट ३० जनाको मृत्यु

बैंकक– यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

मनाङ– विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट

नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती

काठमाडौं- नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त टोलीले

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं– नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टिमको घोषणा गरेको

१६ औँ योजनामा सूचना प्रविधिको विस्तारमा प्रधानमन्त्रीको जोड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार