अपहरण मुद्दामा फरार एक जना झापाबाट पक्राउ | Khabarhub Khabarhub

अपहरण मुद्दामा फरार एक जना झापाबाट पक्राउ


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अपहरण तथा शरीर बन्धक र जबरजस्ती चोरी मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले झापाबाट पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका–९ का ३४ वर्षीय अर्जुन थेबे भनिने अर्जुन पेहिम लिम्बु छन् ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार उनलाई जिल्ला अदालत झापाले २०७३ माघ ५ गते मानव अपहरण र चोरी मुद्दामा ९ वर्ष एक महिना १५ दिन कैद र नगद सजाय तोकेको थियो । अहिले उनलाई कारागार चलान गरिएको डिएसपी थापाले बताए ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  १ : १० बजे

हत्या अभियोगमा पक्राउ परेका युवा सार्वजनिक 

काठमाडौं– इलाका प्रहरी कार्यालय बनेपाले ८३ वर्षिय महिलाको हत्या अभियोगमा

अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट

क्यानबेरा– निजी क्षेत्रमा उचित प्रतिस्पर्धाको अभावले अस्ट्रेलियालीहरूको जीवनस्तर खतरामा परेको

चैते धानमा किसानको आकर्षण बढ्दै

भजनी– कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ वर्षदेखि चैते

इन्टरपोलमार्फत १३ जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले एक वर्षमा १३ जना फरार अपराधीलाई अन्तर्राष्ट्रिय

एमडीएमएस प्रकरणमा प्राधिकरणका तत्कालीन दुई अध्यक्षसहित २० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– नेपाल टेलिकमको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद तथा