मकै, भटमास र गुन्द्रुकको परिकार बनाउने तरिका | Khabarhub Khabarhub

मकै, भटमास र गुन्द्रुकको परिकार बनाउने तरिका


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकै भटमास र गुन्द्रुक नेपालको राष्ट्रिय खाजा भनिन्छ ।

मकै भटमास हरियो मुलाको पातसँग पनि खाने गरिन्छ । यो ज्यादै पौष्टिक र मोटोपनलाई कन्ट्रोल गर्ने हल्का खाजा हो । यसले पेट सफा राख्छ र दिमागलाई समेत फ्रेस गराउँछ ।

आवश्यक सामग्री (चार जनाको लागि) :
तोरीको गुन्द्रुक — १०० ग्राम
नुन — स्वाद अनुसार
रातो खुर्सानी — ४ वटा तेलमा भुटेको
बेसार — २ चिम्टी
सुकेको लसुन — ६ केस्रा
शुद्धो तोरीको तेल — १५ ग्राम
भटमास — २०० ग्राम
मकै — २५० ग्राम
बनाउने तरिका :
-गुन्द्रुक सफा गरी पानी निचोरेर बाटामा राख्ने । नुन, खुर्सानी, लसुन, धनियाको पेष्ट बनाउने । गुन्द्रुक पनि सिलौटामा पिँध्ने, यसले गर्दा स्वाद बाँड्दछ ।
-सबै सामग्री बाटामा राख्ने । तेल राम्ररी मोलेपछि गुन्द्रुक तयार हुन्छ । यसलाई छोपेर राख्ने ।
– चुल्होमा माटोको हाँडी बसाली मकैको सानो घान राखेर भुट्ने, यसो गर्दा राम्ररी पाक्नुको साथै फूल उठ्दछ । भटमास पनि त्यसै गरी भुट्ने थालमा मकै भटमास र गुन्द्रुक राखेर सर्भ गर्ने ।

साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ६ : ५४ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०