कतार भिसा सेन्टर खारेज नभए आन्दोलनमा उत्रिने वैदेशिक रोजगार व्यवसायीको चेतावनी | Khabarhub Khabarhub

कतार भिसा सेन्टर खारेज नभए आन्दोलनमा उत्रिने वैदेशिक रोजगार व्यवसायीको चेतावनी


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कतार भिसा सेन्टर (क्यूभिसी) खडा गरी एकाधिकार लागू गर्न खोजेको भन्दै आन्दोलनको चेतावनी दिएको छ ।

कतारमा कामदार पठाउनका लागि पहिले नेपाल सरकारबाट मान्यता प्राप्त जुनसुकै स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गरी श्रम स्वीकृतिलगायत प्रक्रिया पूरा गरी कामदार पठाउने गरिएकोमा एकाधिकारका लागि उक्त व्यापारिक संस्था खडा गरिएको भन्दै संघले आन्दोलनमा उत्रने चेतावनी दिएको हो ।

मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संघले सिमित व्यक्तिहरुको अघोषित मिलेमतोमा व्यापक आर्थिक चलखेल भएको र सिन्डिकेट गर्न लागिएकोले कडा कदम चाल्न बाध्य हुनुपरेको जनाएको छ । यसविरुद्ध युवा कामदार र व्यवसायीसहित चरणबद्ध रुपमा आन्दोलनमा उत्रने संघले चेतावनी दिएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका कार्यवहाक अध्यक्ष कमल तामाङले नेपाली कामदारहरू चरणबद्ध आन्दोलनमा उत्रिन तयार रहेको बताए । कतार भिसा सेन्टर (क्यूभिसी) को आवश्यकता र क्रियाकलापबारे पनि छानबिन हुनुपर्ने अध्यक्ष तामाङले माग राखे ।

पत्रकार सम्मेलनमा संघका द्वितिय उपाध्यक्ष कमल देव मल्लले विदेशबाट पठाएको रेमिट्यान्स प्यारो हुने तर वैदेशिक व्यवसायी र युवालाई अपमान गर्न नहुने बताए । लोकतान्त्रिक एसोसिएशनका अध्यक्ष नरेन्द्र ढकालले क्यूभिसीको कारण व्यवसाय अस्तव्यस्त भएको बताए ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ९ : ०१ बजे

चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि

हङकङ– चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

झापा– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वीनाका काँकरभिट्टाबाट हुने अवैध व्यापारलाई

कामपाले भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्दै

काठमाडौं– काठमाडौँ महानगरपालिका (कामपा) ले भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने

कार्यान्वयनमुखी बजेट ल्याउन विज्ञहरुको सुझाव

काठमाडौं– विज्ञहरुले आगामी आर्थिक वर्षका लागि कार्यान्वयनमुखी बजेट ल्याउन सुझाव

सुदूरपश्चिममा नाउपाका दुवै नेताको दाबी अस्वीकृत, सोडारी मुख्यमन्त्री बन्ने बाटो खुल्यो

काठमाडौं– सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेको  दुवै