एमाले विवाद समाधानका लागि कार्यदलको बैठक शुरू | Khabarhub Khabarhub

एमाले विवाद समाधानका लागि कार्यदलको बैठक शुरू


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा एमालेमा विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा शुरू भएको छ । कार्यदल बैठकले विवादका विषयमाथि छलफल शुरु गरेको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको छलफलमा पछिल्लो समय विवादित दुई मुख्य विषयमा केन्द्रित भएर छलफल भइरहेको एक नेताले जानकारी दिए ।

एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दिएको रिटबाट एमाले सांसदहरुले हस्ताक्षर फिर्ता लिनुपर्ने अडान राखेको छ ।

माधवकुमार नेपाल पक्षले भने एमालेको पार्टी कमिटी माओवादी केन्द्रसँग एकता हुनुअघिको अवस्था अर्थात् २ जेठ २०७५ मा फर्किनुपर्ने अडान राखेको छ ।

पार्टीभित्र विवाद बढेपछि निष्क्रिय बनेको कार्यदल फेरि सक्रिय हुँदै सोमबारदेखि छलफल शुरू भएको हो । सोमबार विगतको समीक्षा गरेर सकिएको छलफलमा आजदेखि विषयमा केन्द्रित भई छलफल भएको एक नेताले जानकारी दिए ।

ओली पक्षका संयोजक सुवास नेम्वाङले आजको बेठकले पार्टी एकताका लागि महत्वपूर्ण सन्देश दिने बताएका छन् ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  २ : ४६ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न