युरोकप फुटबल : आज राति इटाली र स्पेन भिड्दै, को पुग्ला फाइनलमा ? | Khabarhub Khabarhub

युरोकप फुटबल : आज राति इटाली र स्पेन भिड्दै, को पुग्ला फाइनलमा ?


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १६ औँ संस्करणको युरोकप फुटबल अन्तर्गत आज राति सेमिफाइनलको पहिलो खेल हुँदैछ ।

इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल खेल नेपाली समय अनुसार राति १२ : ४५ बजे सुरु हुनेछ।

इटाली र स्पेनबीचको विजेताले फाइनलमा इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ। इंग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल बुधबार राति हुनेछ।

इटाली बेल्जियमलाई हराउँदै सेमिफाइनलमा पुगेको हो भने स्पेनले क्वाटरफाइनलमा स्वीट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गरेको थियो।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ९ : ०५ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ