काठमाडौँमा गर्मी बढ्यो, सबैभन्दा धेरै भैरहवामा ३८ डिग्री सेल्सियस मापन | Khabarhub Khabarhub

काठमाडौँमा गर्मी बढ्यो, सबैभन्दा धेरै भैरहवामा ३८ डिग्री सेल्सियस मापन


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही दिन यता काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा गर्मी बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) काठमाडौँको तापक्रम ३१ डिग्री सेल्सियस आसपास पुगेको हो ।

शनिवार हिजो ३० डिग्री थियो भने शुक्रबार २९ दशमलव ४ प्रतिशत थियो त्यस्तै विहिबार ३१ डिग्री सेल्सियस मापन गरिएको थियो । मौसमविद् मिनकुमार अर्यालका अनुसार उपत्यका सहित देशका प्राय सबैजसो ठाउँमा तापक्रम बढेको छ ।

मौसमविद् अर्यालका अनुसार केही दिनसम्म मौसम बद्ली भई पानी परेको र त्यसपछि मौसम सफा भई घाम लागेकाले जमिन तात्तिँदा बढी गर्मी महसुस भएको हो ।

पूर्वानुमान महाशाखाका अनुसार आइतबार सबैभन्दा बढी भैरहवामा ३८ डिग्री सेल्सियस तामक्रम मापन गरिएको छ । त्यस्तै नेपालगञ्ज र धनगडीमा ३७ डिग्री र जनकपुरमा ३६ डिग्री मापन गरिएको छ ।

मौसम सफा भएर जमिन तात्तिएकाले रातको समयमा पनि गर्मी महसुस हुन थालेको छ । एक-दुई दिन मौसम यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

आउँदो मंगलबारदेखि भने प्रि मनसुन थप सक्रिय भएर मुलुकका विभिन्न ठाउँमा पानी पर्ने पूर्वानुमान गरिएको छ ।

कहाँ कति ?

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ८ : ०० बजे

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल

खेलकुदमा भारतका युवा स्टारको उदय

विश्व एथलेटिक्समा नीरज चोपराको स्टारडम स्थापित भएको तीन वर्ष हुँदैछ।