'कोभिशिल्ड' पहिलो डोज लगाएकालाई दोस्रो डोजमा 'एस्ट्राजेनेका' खोप दिइने | Khabarhub Khabarhub

‘कोभिशिल्ड’ पहिलो डोज लगाएकालाई दोस्रो डोजमा ‘एस्ट्राजेनेका’ खोप दिइने


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सरकारले भारतीय खोप ‘कोभिशिल्ड’ को पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेकाहरुलाई ‘एस्ट्राजेनेका’ खोप लगाउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले आइतबार जरूरी सूचना जारी गर्दै कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई एउटै प्रकृतिको एस्ट्राजेनेका खोप लगाउने जानकारी दिएको हो ।

२०७७ फागुन २३ गतेदेखि चैत १० गतेसम्म कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुले दोस्रो मात्रा लगाउने समय भइसकेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोख्रेलले जारी गरेको सूचनामा उल्लेख छ । तर भारतीय खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियाले सम्झौता बमोजिम खोप उपलब्ध गराउन नसक्दा विकल्पमा एस्ट्राजेनेका खोप लगाउने व्यवस्था मिलाइने भएकाले धैर्यताका साथ प्रतिक्षा गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

एस्ट्राजेनका खोप नेपाललाई प्राप्त भएपश्चात १२ हप्तापछि पनि उक्त खोपलाई दोस्रो मात्राको रुपमा लगाउने व्यवस्था मिलाइने जनाइएको छ ।

भारतीय कम्पनी सिरमसँग नेपाल सरकारले खोप खरिदका लागि सम्झौता गर्दै अग्रिम भुक्तानी समेत गरिसकेको छ । तर भारत सरकारले खोप निर्यातमा रोक लगाउँदा नेपालले खरिद गरेको खोप प्राप्त गर्न सकेको छैन । साथै कोभिशिल्ड खोप कोभ्याक्स सुविधाबाट पनि प्राप्त हुन नसक्दा खोप अभियान प्रभावित हुन पुगेको छ ।

बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेका/अक्सफोर्डले उत्पादन गरेको एस्ट्राजेनेका खोपकै भारतीय संस्करण कोभिशिल्ड हो । एस्ट्राजेनेका/अक्सफोर्डले भारतीय कम्पनी सिरमलाई कोभिशिल्ड उत्पादनका लागि अनुमति दिएको थियो ।

हेर्नुहोस् सूचना

 

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ८ : ५० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका