सामाजिक कुरीति अन्त्यका लागि पञ्च वर्षे रणनीतिक योजना अघि बढाइयो | Khabarhub Khabarhub

सामाजिक कुरीति अन्त्यका लागि पञ्च वर्षे रणनीतिक योजना अघि बढाइयो


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले समाजमा रहेका कुरीति अन्त्यका लागि पाँच वर्षे रणनीतिक कार्ययोजनालाई अघि बढाउने बताएकी छन् ।

आइतबार सिंहदरबारमा पदभार ग्रहणका क्रममा मन्त्री चौधरीले पाँच वर्षे रणनीतिक कार्ययोजनासम्बन्धी फाइल सदर गर्दै प्रदेश र स्थानीयका साथै संघीय सरकारको संयुक्त पहलमा समाजमा रहेका कुरीति अन्त्य गरिने बताएकी हुन् । मन्त्री चौधरीले अझै पनि समाजमा बालविवाह, दाइजो जस्ता कुरीति रहेको र सबै मिलेर यस्ता कुरीतिलाई अन्त्य गर्नुपर्ने धारणा राखिन् ।

उनले सामाजिक सुरक्षा योजना मुलुकका सबै क्षेत्रमा समान रुपमा पुग्न नसकेको भन्दै यस विषयलाई छिटो भन्दा छिटो समाधान गर्ने दाबी गरिन् ।

मन्त्रालयमा धेरै कार्ययोजनाहरू कार्यान्वयन नै नहुने अवस्थालाई अन्त्य गर्नका लागि प्राथमिकताका आधारमा योजनालाई अघि बढाइने उनले जानकारी दिइन् ।

आइतबार नै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री रेणुका गुरुङले पनि पदभार ग्रहण गरेकी छन् ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  १० : ४५ बजे

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार