खाना खाँदा रिसाए हुन्छ हानी | Khabarhub Khabarhub

खाना खाँदा रिसाए हुन्छ हानी


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वास्तु शास्त्रमा घर वा घरको कोठाको दिशाका बासरेमा मात्र नभई घरका हरेक हिस्साका बारेमा बताइएको छ ।

धेरैलाई थाहा नहुन सक्छ, खाना बनाउँदादेखि खाना खानेसम्म केहि यस्ता गल्ती हुन्छन् जसले देवी लक्ष्मी रुष्ट हुने गर्दछिन् । जसका कारण व्यक्ति र परिवारको जीवनमा आर्थिक स्थितिमा नकारात्मक असर पर्ने गर्दछ । के के हुन् ति गल्ती ?

१. पूर्व दिशालाई देवताको दिशा मानिएको छ । त्यसैले वास्तु अनुसार पूर्वतर्फ मुख फर्काएर भोजन गर्नु पर्दछ । पूर्वका अलावा उत्तर दिशा तर्फ मुख फर्काएर पनि भोजन गर्न सकिन्छ । यसले रोगव्याधबाट टाढा राख्दछ ।

२. भोजनलाई अन्नपूर्णा मानिन्छ त्यसैले बिना नुहाइधुवाई भोजन गर्न नहुने मान्यता छ । सम्भव नभए हातखुट्टा र मुख धोएर मात्र खाना खानु पर्ने मान्यता छ ।

३. यदि भान्सामा कुनै भाडाकुडा टुट फुट भएको छ चर्किएको वा टुक्रिएको छ भने त्यसलाई तुरुन्त बाहिर निकाल्नु पर्दछ । अन्यथा यसले जीवनमा दुर्भाग्य निम्त्याउँछ ।

४. मानिसलाई जति भोक छ त्यति नै पस्किनु पर्दछ । खाना फ्याक्नु हुदैँन । अन्यथा भोजनको अपमान भएको मानिन्छ । खासै रिस उठेको नाममा खाना त्याग्ने वा खाना खादाँ रिसाउने समेत गर्नु हुदैँन ।

भान्सामा जोडिएको वास्तुका नियम
– दक्षिण–पूर्व दिशा जसलाई आग्नेय कोण पनि भनिन्छ यस दिशामा भान्सा हुनु पर्दछ । यसले घरमा सकारात्मकता बढाउने गर्दछ । उत्तरपूर्व दिशा भान्सा हुनु हुदैँन ।

– वास्तु अनुसार खाना बनाउँदा व्यक्तिको मुख पूर्व फर्किनु सबैभन्दा शुभ मानिन्छ ।

– वास्तु अनुसार घरको भान्सामा पाकेको भोजन पूरै परिवारकालागि राम्रो स्वास्थ्य र सौभाग्य लिएर आउने गर्दछ ।

– भान्साको चुल्हो धन र समृद्धिका प्रतीक मानिन्छ त्यसैले खाना बनाएपछि चूल्हो फोहोर छाड्नु हुदैँन ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ११ : ४६ बजे

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

आगोको झिल्का सल्केर घरमा आगलागी

बैसाखे– पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको

नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त

वासिङ्टन– विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको