मङ्गल ग्रहपछि शुक्रमा खोजी | Khabarhub Khabarhub

मङ्गल ग्रहपछि शुक्रमा खोजी


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् १९६१ को समय, संसारका दुई महाशक्ति सोभियत सङ्घ र अमेरिका बीच पहिलो अन्तरिक्ष यात्राका लागि होडबाजी, त्यसै वर्ष १२ अप्रिलका दिन युरी गागरिन पहिलो अन्तरिक्ष यात्री भए । ‘भोस्टक वान’ बाट गागरिनले अन्तरिक्ष यात्रा गरेको एक महिना नपुग्दै अमेरिकाका एलन सेपर्डले पनि अन्तरिक्ष यात्रा गरे ।

यसको ६० वर्षपछि अन्तरिक्ष विज्ञानले लामो यात्रा तय गरेको छ । अहिले अन्तरिक्ष विज्ञानका लागि पृथ्वीको वायुमण्डल छाड्ने विषय सामान्य बनेको छ । चन्द्र हुँदै मङ्गल ग्रहको यात्रा गरेको मान्छेले अब शुक्रका बारे पनि अध्ययन शुरू गरेको छ । नासा योजनाबद्ध अध्ययनमा छ ।

आगामीसन् २०२८ देखि सन् ३० सम्ममा शुक्रमा यान पठाएर सूचना प्राप्त गर्ने नासाको लक्ष्यका लागि अहिले ५० करोड अमेरिकी डलर छुट्ट्यइएको छ । नासाका प्रशासकीय प्रमुख बिल नेल्सनले ३० वर्षदेखिको योजना अहिले सफल भएको बताएका छन् ।

यसअघि सन् १९९० मा पनि मेगेलिन अर्बिटरले शुक्रको अर्बिटमा भ्रमण गरेको थियो । नासाको यो अभियानको लक्ष्य थप वैज्ञानिक रहस्य पत्ता लगाउने त छँदैछ साथै, दीर्घकालीन सम्भाव्यता अध्ययनका लागि पनि महत्त्वपूर्ण साबित हुनेछ ।

टु सिस्टर मिसनको रूपमा रहेका यी दुई मिसनको लक्ष्य पृथ्वीको सतहसँग तुलना गरेर कुनै जीवको सम्भावना छ कि छैन भनेर पत्ता लगाउनु पनि हुनेछ । लामो समयदेखि डाभिन्सी (डिप एटमसफेयर भेनस इन्भेस्टिगेसन अफ नोबेल ग्यासेस केमेस्ट्री एन्ड इमेजिङ) परियोजनाको रूपमा यसको तयारी भएको पनि जनाइएको छ ।

यस अभियानको लक्ष्य शुक्र ग्रहको उत्पत्ति र कुनै समय सो ग्रहमा महासागर थियो कि थिएन भन्ने पत्ता लगाउने रहेको छ ।

रकेट ल्याब शुक्रको वातावरणमा प्रवेश गरेपछि लामो समय बिताउने छैन । फोस्फाइन फेला परेको ५० देखि ६० किलोमिटरको बीचमा यो रहनेछ । यो नै पर्याप्त भने मानिएको छैन । शुक्रको बादलमा केही साता या केही महिना बेलुन जस्तै बसेर धेरै कुराको खोजी गर्न जरुरी हुन्छ ।

डाभिन्सीले सतहको भौगोलिक अध्ययन गर्ने र यससँग सम्बन्धित तस्बिरहरू पठाउने अपेक्षा गरिएको छ । वैज्ञानिकहरूको विश्वास के पनि छ भने यसबाट पृथ्वीको सतह र शुक्रको सतहको तुलना हुनेछ । साथै, त्यहाँको प्लेटको अवस्थाको बारे पनि जानकारी दिनेछ ।

भेरिटास (भेनस इमिसिभिटी, रेडियो साइन्स, इन्सार, टोपोग्राफी र स्पेस्ट्रोकोफी) ले त्यहाँको नक्सा बनाउने काम गर्छ । जुन नक्साले पृथ्वीको बनावट र शुक्रको बनावटको भिन्नताका बारे अध्ययन गर्छ । एउटा राडारले इलिभेसनको काम नक्सा लिने र यसैबाट अहिले पनि शुक्रको भित्री तहमा ज्वालामुखी र भूकम्प जाने क्रम छ कि छैन भनेर पत्ता लगाउने हुने छ । यसले पृथ्वीसँग तुलना गरेर शुक्रको उत्पतिबारे थप रहस्य पत्ता लगाउने छ ।

नासाका ग्रहविज्ञ टम वागनरले अबको लक्ष्य बादलसँग ग्रहको साइनो, हरेक ग्रहको उत्पति, ज्वालामुखीले आकाशको वातावरणमा पारेका असर लगायतको अध्ययन गर्ने रहेकाले केही वर्षमा यी सबै पत्ता लाग्ने विश्वास लिइएको बताएका छन् ।

शुक्रको आकाशमा बादलमै जीवको अस्तित्व रहेको अनुमान विगतका अध्ययनले गरेका छन् । यसअघिका अध्ययनले शुक्रको वायुमण्डलमा फस्फाइन ग्यास रहेको तथ्य फेला पारेका छन् ।

यसो हो भने अन्य जीवको पनि अस्तित्व हुन सक्छ या विगतमा त्यहाँ जीव थियो भन्ने अहिलेको अनुमान हो । यही कुरा थाहा पाउन केही उपकरण त्यहाँ पठाएर खोजी गर्ने जमर्को अन्य थुप्रै संस्थाले गरेका थिए ।

जापानको अन्तरिक्ष एजेन्सी आकात्सुकीले लामो समय अध्ययन गरेको थियो । यसको यानले अध्ययन गरेको धेरैपछि फस्फाइन ग्यासको भेउ पाएपछि आकात्सुकीभन्दा अन्य अध्ययन समूहले थप रहस्य पत्ता लगाउने अनुमान गरिएको छ । सामान्य खोजी र थोरै समयले नपुग्ने हो कि भन्ने आशङ्का मेटाउँदै थुप्रै अन्तरिक्ष अध्ययन समूहले यसै दशकमा काम थाल्ने तयारी गरेका छन् ।

पृथ्वीमा पेङ्गुइनको शरीर या अक्सिजन कम भएको स्थानमा फोस्फाइन हुने गरेको र सो स्थानमा एक खालको जीवाणु हुनेगरेको छ । यो जीवाणु कैयौँ उत्पादनमा पनि प्रयोग पनि हुनेगरेको छ तर शुक्रमा कुनै कारखानामार्फत यसको प्रयोग हुनेगरेको छैन ।

न्यु जिल्यान्डको उत्तरी टापुबाट शुक्रलक्षित इलेक्ट्रोन रकेट पठाउने र यसले पठाएको डाटाको आधारमा धेरै कुरा पत्तो लाग्ने जनाइएको छ । यो रकेट सन् २०२३ मा पठाइने न्यु जिल्यान्डको सो कम्पनीका प्रमुख कार्यकारी पिटर बेकले जनाएका छन् ।

उक्त रकेटको निगरानीका लागि पृथ्वीकै अर्बिटमा केही स्याटलाइट पठाइने छन् । यसका साथै त्यहाँ पठाइने एक उपकरण फोटोनले पनि केही आवश्यक सामग्री पठाउनेछ ।

सबै संयन्त्र तयार गर्न दुई वर्ष लाग्नेछ । यसमा लागि बेकले फराकिलो योजना बनाएका छन् । यो अध्ययनमा रेडियो विकिरण प्रयोग गरिनेछ । हावामार्फत शुक्रको नजिक पुग्ने र त्यहाँबाट फोटोनको प्रयोगले डाटाहरू पृथ्वीमा पठाउने तयारी भएको छ ।

अहिलेसम्म शुक्रका बारे धेरै चासो नभए पनि सन् २०२३ पछि धेरैको चासो रहने बेक बताउँछन् । यी सबै तयारीका बाबजुद सरकारी पहल र व्यक्तिगत तवरले यस्ता अध्ययन हनुमा धेरै फरक रहेको उनी बताउँछन् ।

आफूसँग पर्याप्त बजेट नभएका कारण विभिन्न चरणमा काम गर्दै थप कुरा पत्ता लगाउनु पर्ने बाध्यता भएको बेक बताउँछन् । सरकारले सहयोग गरे धेरै लगानीमा एकै पटक धेरै कुरा पत्ता लगाउन सकिने उनको धारणा छ ।

यसरी बेकले साना अध्ययन समूहभन्दा ठूला समूह र कम्पनीले छिटो सफलता पाउनेमा सहमति व्यक्त गरेका छन् । ठूला कम्पनीसँग धेरै लगानी भएका कारण धेरै कुरा उनीहरूबाट सम्भव हुने र आफूहरूले यसमा केही योगदान गर्नसक्ने उनको भनाइ छ ।

रकेट ल्याब शुक्रको वातावरणमा प्रवेश गरेपछि लामो समय बिताउने छैन । फोस्फाइन फेला परेको ५० देखि ६० किलोमिटरको बीचमा यो रहनेछ । यो नै पर्याप्त भने मानिएको छैन । शुक्रको बादलमा केही साता या केही महिना बेलुन जस्तै बसेर धेरै कुराको खोजी गर्न जरुरी हुन्छ । यस्ता काम भने ठूला स्पेस एजेन्सीहरूले मात्र गर्न सक्छन् ।

पृथ्वीपछि मानव बस्ती बस्न सक्ने अर्को सम्भाव्य स्थानको खोजी पनि हुन सक्ला । यसमा मङ्गलमा जति सम्भावना मानिएको छ, शुक्र पक्कै हुने छैन ।

युरोपेली स्पेस एजेन्सी भेनस एक्स्प्रेस प्रोबमा कार्यरत अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक डा. कोलिन विल्सन बादलको सबै अध्ययनपछि अन्य कुराको अध्ययन सहज हुने बताउँछन् । उनले सन् २०१० मा यसै संरचनामा आधारित रहेर युरोपियन भेनस मिसनको सल्लाह दिए पनि त्यो असफल भएको र नासाले यो वर्ष यही अवधारणा अघि सारेको विल्सन बताउँछन् ।

यसअघि सन् १९८० मा सोभियत सङ्घले शुक्रमा बेलुन पठाएको थियो । यो बेलुनले दुई दिनमात्र काम गरेको थियो ।

विल्सनले पनि नासाको यो अभियान सफल हुने विश्वास गर्दै सन् कम्तीमा २०३० सम्म कुर्नुपर्ने बताएका छन् । साथै नासाले यो दशकको अन्त्यसम्ममा केही नयाँ उपलब्धि गर्ने विल्सनको विश्वास छ । नासाको त्यो अभियानमा अहिलेको रकेट ल्याबले पत्ता लगाएको तथ्यले पनि सहयोग गर्ने विल्सनको विश्वास छ ।

शुक्रमै फोस्फाइन पत्ता लगाउने कार्डिफ विश्वविद्यालयको टोलीको नृतत्व गर्ने प्राध्यापक जान ग्रेभर्स केही समयमै विज्ञानले नयाँ रहस्य पत्ता लगाउने विश्वासमा छिन् । केही साना ड्रप पठाएर अझ धेरै कुरा पत्ता लगाउन सकिने उनको मत छ ।

यी सबै अध्ययनका बीच महत्त्वपूर्ण मानिएको कुरा बादलमा कुनै जीव थियो कि थिएन भन्ने नै हो । बादलमा जीव थियो भने सतहमा पनि कुनै जीवको सम्भावना कति प्रतिशत या असम्भव भन्ने पत्ता लगाउने आधार तयार हुने वैज्ञानिकहरूको मत छ । यो अध्ययनसँगै अधिकतम कति तापक्रमसम्म जीवको अस्तित्व सम्भव छ भन्ने पत्ता लगाउने एउटा आधार तयार हुनेछ ।

जीवको अस्तित्व फरक फरक स्थानमा हुने गर्छ । फस्फोरस एटम र हाइड्रोजन एटम मिलेर बन्ने फोस्फाइन रहेको तथ्य पत्ता लागकै समय बादलमा पनि जीवका अस्तित्व रहेको हुनसक्ने अनुमान भएको हो ।

पृथ्वीमा पेङ्गुइनको शरीर या अक्सिजन कम भएको स्थानमा फोस्फाइन हुने गरेको र सो स्थानमा एक खालको जीवाणु हुनेगरेको छ । यो जीवाणु कैयौँ उत्पादनमा पनि प्रयोग पनि हुनेगरेको छ तर शुक्रमा कुनै कारखानामार्फत यसको प्रयोग हुनेगरेको छैन । ग्रहको सतहभन्दा ५० किलोमिटर माथिको आकाशमा यो जीवको अस्तित्वको सम्भावनाले पृथ्वीका वैज्ञानिकलाई आश्चर्यमा पारेको छ ।

शुक्रका धेरै रहस्य अनुमानको गर्भमा छन् । मान्छेले आफ्नै उपग्रह चन्द्रमापछि नजिकका दुई ग्रह मङ्गल र शुक्रका बारे अध्ययन गरिरहेको छ ।

शुक्रको यो अध्ययनले उत्साहित त तुल्यायो, सँगै धेरै अनुमान पनि हुन थाले । फोस्फाइन भएसम्मको यात्रा र यसका पथका बारे धेरै अन्योल छ । यसबारेमा प्राध्यापक ग्रेभर्सको कथन अर्कै छ ।
उनी आफू जीवनभर ब्रह्माण्डको कुनै पनि स्थानमा जीवको सम्भावना खोजी गर्ने बताउँछिन् । उनले आफूले जर्नलमा प्रकाशित गरेकै तथ्यका आधारमा अन्य वैज्ञानिक धेरै नजिक पुग्न सक्ने कुरा बताउँदै आएकी छिन् ।

ग्रेभर्सको टोलीले फस्फाइनको तथ्य फेला पार्न शुरूमा हवाईबाट जेम्स क्लर्क म्याक्सवेल टेलिस्कोप प्रयोग गरेको थियो । यही टेलिस्कोपले थाहा पाएको कुरा पुष्टि गर्न पछि चिलीबाट अत्याधुनिक उपकरणमार्फत थप तथ्य खोजी गरिएको थियो ।

सूर्यको धेरै नजिकमात्र होइन, वातावरणको ९६ प्रतिशत कार्बन डाइअक्साइड भएको कारण शुक्रमा कुनै जीव हुनसक्ने कुराले धेरैलाई रोमाञ्चित तुल्याएको हो । यहाँको तापक्रम ४०० डिग्री सेल्सियसभन्दा बढी रहेको अनुमान छ । सो ग्रहमा अवतरण गराइएको स्पेस क्रोब्स मिनेट भरमै विस्फोट भएको थियो । सतहमा यस्तो अवस्था भए पनि ५० किलोमिटर माथिको आकाशमा भने यो सम्भावना देखिएको हो ।

अमेरिकी वैज्ञानिक डा. विलियम बाइन्सले विविध जैविक सम्भावनाबारे अध्ययन गरिरहेका छन् । उनले त्यहाँ ज्वालामुखी उठ्न सक्ने, चट्याङ पर्न सक्ने, उल्का पिण्ड हुने र पीएच एकदमै बढी हुने जनाएका छन् ।

शुक्रका धेरै रहस्य अनुमानको गर्भमा छन् । मान्छेले आफ्नै उपग्रह चन्द्रमापछि नजिकका दुई ग्रह मङ्गल र शुक्रका बारे अध्ययन गरिरहेको छ । पृथ्वीपछि मानव बस्ती बस्न सक्ने अर्को सम्भाव्य स्थानको खोजी पनि हुन सक्ला । यसमा मङ्गलमा जति सम्भावना मानिएको छ, शुक्र पक्कै हुने छैन । परन्तु, त्यहाँको अध्ययनले भूमण्डलको अध्ययनमा एउटा अद्भूत आयाम भने थप्नेछ । –एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  १ : २० बजे

दक्षिण कोरियाले गर्‍यो पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल– सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा

यस्तो छ १६ औँ योजनाको मस्यौदा

सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र