स्वास्थ्य मापदण्ड उलंघन गर्नै ५३५ जनालाई कारबाही | Khabarhub Khabarhub

स्वास्थ्य मापदण्ड उलंघन गर्नै ५३५ जनालाई कारबाही


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले आज स्वास्थ्य मापदण्ड उलंघन गर्नै ५३५ जनालाई जरिवाना तिराएर कारवाही गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा तोकिएको मापदण्ड उलंघन गरेकाले सङ्क्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए ।

निषेधाज्ञा कार्यान्वयनमा खटिएको प्रहरीले आज विभिन्न जिल्लामा छ हजार १७८ जनालाई निःशुल्क मास्क समेत वितरण गरेको छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संङ्क्रमण बढ्दै गएका सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी सङ्क्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै ?’ अभियान पनि जारी राखेको छ ।

सोहीक्रममा नेपाल प्रहरीले विभिन्न स्थानमा कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सचेतनामूलक सन्देशसहितको माइकिङ, सवारी साधनको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शनलगायत कार्यक्रम गरिरहेको प्रहरी वरिष्ठ उपरीक्षक कुँवरले बताए ।

प्रहरीले अन्य सुरक्षा निकायलगायत सरोकार पक्षसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई पनि तीव्र पारेको छ । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनका सिलसिलामा निषेधाज्ञा उलंघन गरी हिँड्ने नौ हजार ८५२ जनालाई होल्ड गरी छाडिएको छ । सोक्रममा एक हजार २७७ गाडी र दुई हजार ५३० मोटरसाइकल गरी तीन हजार ८०७ सवारी साधनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ८ : २२ बजे

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौं– अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।

सोमपालको बलमा युएइका कप्तान आउट

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं– नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा– १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने २१

अर्धशतक बनाएर आउट भए सन्दीप जोरा

काठमाडौं- सन्दीप जोराले युएईविरुद्ध अर्धशतक बनाएका छन् । एसीसी प्रिमियर