हर्ड इम्युनिटी विकास गर्दै केही विकसित देशहरू | Khabarhub Khabarhub

हर्ड इम्युनिटी विकास गर्दै केही विकसित देशहरू


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— संसारमा कोरोना भाइरसको महामारीले सबैलाई सताइरहेको समयमा केही देशहरू ‘हर्ड इम्युनिटी’ अर्थात ‘सामूहिक प्रतिरोधात्मक क्षमता’ नजिक पुगेको अनुमान गरिएको छ ।

सन् २०२० को अन्त्यमा भ्याक्सिन वितरण थालेका ती देशले आफूलाई महामारीबाट मुक्त गरेका हुन् । यो प्रयास चार महिनाको रह्यो ।

अप्रिल १४ को समाचार अनुसार इजरायलमा ५३ लाखभन्दा बढीले दुई डोज खोप पाइसकेका छन् । यो संख्या कुल जनसंख्याको ५० प्रतिशतभन्दा बढी हो ।

इजरायलमा ८ लाख ३० हजारमा संक्रमण देखिएको थियो । यति मानिसमा प्राकृतिक एन्टिबडी बनेको थियो । खोपकै कारण इजरायलमा अहिले ७० प्रतिशत मानिसमा एन्टिबडी भएको अनुमान गरिएको छ ।

दुई महिनाअघिसम्म कडा लकडाउन रहेको इजरायल अहिले बिस्तारै खुला हुँदैछ । कोरोना शून्यमा झरेको छैन तर कुनै व्यक्ति संक्रमित भए पनि उसको सम्पर्कमा आएका व्यक्तिलाई नसर्ने सम्भावना देखिएको छ ।

फेब्रुअरीको शुरूमा सक्रिय संक्रमितको संख्या ८० हजारभन्दा बढी रहेको इजरायलमा मे ५ मा १ हजार १४८ मा झरेको थियो । इजरायलमा हर्ड इम्युनिटीको संकेत केले पनि गरेको हो भने भ्याक्सिन नलगाएको उमेर समूहमा पनि अहिले संक्रमण घट्दो छ ।

सबै खुला गरे पनि इजरायली अधिकारीहरू देश पहिलेकै जीवनमा फर्केको घोषणा गर्न भने हतारिएका छैनन् । उनीहरू अझै केही समय अनुशासनका निश्चित मापदण्ड कायम राख्नुपर्ने पक्षमा छन् ।

त्यसो त कोरोनाको कुनै पनि भ्याक्सिन शत प्रतिशत प्रभावकारी छैन । भ्याक्सिन लगाएपछि कोरोना सर्दै सर्दैन भन्ने पनि होइन । चिकित्सकहरू कोरोनालाई सामान्य रोगको रूपमा लिन सकिने अवस्था पर्खिरहेको बताउँछन् ।

मार्चको मध्यमा बेलायतको आधा जनसंख्याभन्दा बढीमा एन्टिबडी रहेको ठहर भयो । यसो हुनुमा भ्याक्सिन एउटा कारण थियो भने धेरैलाई संक्रमण भएका कारण इम्युन हुनेको बढेको भनिन्छ ।

मे ४ मा बेलायतमा ४ जनाको ज्यान गयो जबकि जनवरी २० मा १ हजार ८२३ जनाको ज्यान गएको थियो । बेलायतमा ३७ दशमलव ६ प्रतिशतले दुवै डोज भ्याक्सिन लगाइसकेका छन् । यहाँ ५१ दशमलव ९ प्रतिशतले एक डोज भ्याक्सिन लगाएका छन् ।

अमेरिकाले भने फरक योजना अघि सारेको छ । अमेरिकामा आउँदो जुलाई ४ सम्ममा ७० प्रतिशत वयस्कलाई भ्याक्सिन दिइसक्ने लक्ष्य राखिएको छ । यसलगत्तै १२ देखि १५ वर्ष उमेर समूहलाई भ्याक्सिन दिने योजना छ ।

जुलाई ४ सम्ममा जुनै हालतमा पनि १६ करोड वयस्कलाई भ्याक्सिन दिने बाइडन प्रशासनको घोषणा छ । हालसम्म १० करोड ५० लाख मानिस पूर्णरूपमा इम्युन भएका छन् । गत तीन सातामा भ्याक्सिनको दर आधा भएको छ परन्तु फेरि बढाउने भनिएको छ ।

राष्ट्रपति जो बाइडनले दुई महिनापछिको स्वतन्त्रता दिवस अमेरिकीका लागि महत्त्वपूर्ण हुने र सोही दिन महामारीमुक्त अमेरिकाको घोषणा गर्ने बताएका छन् । ह्वाइट हाउसमै बाइडन एउटा वेब साइट शुरू गरे जसमार्फत प्रत्येक अमेरिकीले आफूले भ्याक्सिन लगाउने ठाउँ थाहा पाउनेछन् ।

अमेरिकी नियामक संस्था ‘खाद्य तथा औषधि प्रशासन (एफडीए)’ १२ वर्षभन्दा माथिकालाई फाइजरको भ्याक्सिन दिन पर्खिबसेको छ । अहिले फाइजरको भ्याक्सिनलाई १६ वर्षभन्दा माथिका लागि अनुमति छ । अब १२ देखि १६ वषै उमेरकाले पनि भ्याक्सिन पाउनेछन् ।

बाइडनले यो किशोर उमेकाहरूलाई यो गृष्म ऋतुमा कतै जान चाहेमा पहिलो खोप निर्धारित स्थानमा लिन भनेका छन् । दोस्रो खोप जहाँ पनि लगाउन पाउनेछन् ।

भ्याक्सिनले अनुमति पाएमा १२ देखि १६ वर्ष उमेरका १ करोड ७० लाखका लागि तत्काल उपलब्ध हुनेछ । राष्ट्रपतिका प्रमुख मेडिकल सल्लाहकार एन्थोनी फाउजीले सामान्य जीवनमा फर्कन बच्चाहरूले पनि भ्याक्सिन लगाउनु उपयुक्त हुने बताएका छन् ।

अमेरिकन एकेडेमी अफ पेडियाट्रिकले गरेको एक सर्वेक्षणका अनुसार हाल संक्रमितमध्ये २२ दशमलव ४ प्रतिशत बालबालिका छन् । गत वर्ष यसै समयमा ३ प्रतिशत बालबालिकामात्रै संक्रमित थिए ।

हर्ड इम्युनिटीका लागि कति प्रतिशतले भ्याक्सिन लगाएको हुनुपर्छ भन्नेमा धेरैको मत बाझिएको छ । फाउजीले ७० प्रतिशत अनिवार्य हुने र ९० प्रतिशतसम्मलाई आवश्यक पर्न सक्ने जनाएका छन् । विश्व स्वास्थ्य सङ्गठनकी प्रमुख चिकित्सक डा. स्वौम्या स्वामीनाथनले हर्ड इम्युनिटीका लागि कति प्रतिशत इम्युन हुनुपर्छ भन्ने अझ अनिश्चित रहेको बताएकी छिन् ।

संयुक्त अरब इमिरेट्स (यूएई) हर्ड इम्युनिटीतर्फ मोडिएको अर्को देश हो । यहाँ ५० दशमलव १ प्रतिशतले दोस्रो डोज भ्याक्सिन लगाएका छन् । महामारीबाट मुक्त रहँदै संसारका अन्य देशलाई महामारी मुक्त बनाउने अभियानमा यूएई जुटेको छ ।

चीनको सीनोफार्मको भ्याक्सिन अबुधाबीको यूएईले ‘जी ४२’ ले पनि उत्पादन गर्ने भएको छ । यो भ्याक्सिन यूएई ‘हायात भ्याक्स’ का नामले उत्पादन हुनेछ । यूएईले सिनो फार्म कम्पनीको यो भ्याक्सिनलाई गत डिसेम्बरमा अनुमति दिएको थियो । त्यसअघि जुलाईमा यूएईमै यसको परीक्षण शुरू भएको थियो ।

हर्ड इम्युनिटी कहिले प्राप्त हुन्छ या हुँदैन भन्ने सवालमा वैज्ञानिक मत फरक रहे पनि जतिसक्दो धेरैलाई भ्याक्सिन वितरण गर्दै मानवीय क्षति कम गर्नु नै सबैभन्दा उपयुक्त हुनेमा भने कसैको विमति छैन ।

कुनै समय दैनिक १७ जनासम्मको ज्यान जाने गरेको यूएईमा त्यस देशमा अहिले ३ देखि १० जनाको बीचमा ज्यान जाने गरेको छ ।

भ्याक्सिन दिने दिएर चाँडो हर्ड इम्युनिटी बनाउने देशमा चिली पनि परेको छ । कुल ६ करोड ८९ लाख जनसंख्या भएको चिलीमा प्रतिदश लाख ६ लाख ३३१५ जना संक्रमित भइसकेका छन् ।

प्राकृतिकरूपमा ६ दशमलव ३ प्रतिशतमा इम्युनिटी भएको यो देशमा ३५ दशमलव ५ प्रतिशतले दोस्रो डोज भ्याक्सिन पाइसकेका छन् । कुल ४३ प्रतिशतले एक डोज लगाइसकेका छन् । एक महिनाको अन्तरमा चिलीमा संक्रमण कम हुन थालेको छ ।

बहराइनमा ३३ दशमलव ६ प्रतिशतले दुवै डोज भ्याक्सिन लगाइसकेका छन् । बहराइनले ठूला सपिङ मल खाली गराउँदै भ्याक्सिन दिन थालेको थियो ।

बढ्दै गरेको संक्रमण अहिले भ्याक्सिनकै कारण घटेको छ । बहराइन नै यस्तो देश हो, जहाँ धेरै वटा भ्याक्सिनलाई अनुमति छ ।

क्यानडामा १९ प्रतिशत मानिस पूरै इम्युन भएका छन् । हालसम्म ३४ दशमलव ५४ प्रतिशतले कमसेकम एक डोज भ्याक्सिन पाइसकेका छन् । एकै दिन २ लाखभन्दा बढीले भ्याक्सिन पाउने गरेका छन् ।

यी धेरै सकारात्मक समाचारका बीच हामीलाई अस्वाभाविक लाग्ने सम्भावना पनि कायमै छ । शुरूमा ६० देखि ७० प्रतिशतले भ्याक्सिन लगाएपछि हर्ड इम्युनिटी विकास हुने बताएका वैज्ञानिक योयाङ्ग गूले आफ्नो मोडल प्रस्तुत गरेका थिए । उनले सो मोडलको नाम ‘पाथ टु हर्ड इम्युनिटी’ राखेकोमा अहिले ‘पाथ टु नर्मलीटी’ भनेका छन् ।

उनले भ्याक्सिन वितरणमा ढिलाइ, भेरिएन्टमा आइरहने परिवर्तन तथा बच्चाहरूका लागि भ्याक्सिन नबन्नु जस्ता कारण आफूले मोडलको नाम परिवर्तन गरेको बताएका छन् ।

युनिभर्सिटी अफ टेक्ससकी प्राध्यापक लाउरेन एन्सेन मेयस भने अझै आशावादी रहेकी छन् । उनी महामारी अब सही बाटोमा जाने र भ्याक्सिनले ठिक बनाउँदै लैजाने बताउँछिन् ।

नयाँ भेरिएन्ट आएका कारण सङ्घर्ष केही महिना लम्बिएको र धैर्य गर्नुपर्ने उनको भनाइ छ । मेयसका अनुसार केही विकसित देशले पार पाउँदै गए पनि संसार नै हर्ड इम्युनिटीतर्फ जान केही महिना या सम्भवतः वर्ष नै लाग्न सक्नेछ ।

अहिलेसम्म सबै भ्याक्सिन गम्भीर लक्षण रोक्न उपयोगी भए पनि भ्याक्सिन लगाउने जति सबै संक्रमित नहुने भन्ने हुँदैन । भ्याक्सिन लगाएको व्यक्तिले अर्कोलाई सार्छ कि सार्दैन भन्ने पनि प्रमाणित छैन ।

जर्ज टाउन विश्वविद्यालयकी म्याथम्याटिकल बोयोलोजिस्ट श्वेता बंसल हर्ड इम्युनिटीका लागि हरेक व्यक्तिले भ्याक्सिन लगाउन आवश्यक हुनसक्ने बताउँछिन् । उनी मोर्डना र फाइजरका हरेक डाटा उत्साहजनक भए पनि सबैको डाटा अध्ययन गर्न लामो समय लाग्ने बताउँछिन् ।

संक्रामक रोगका वैज्ञानिक सामुयल स्कारपिनो ७० प्रतिशत भ्याक्सिन नै ठूलो सफलता हुने बताउँछन् । अर्का वैज्ञानिक म्याट फरारे एउटा देशका लागि हर्ड इम्युनिटी प्राप्त नभएसम्म भ्याक्सिन सहज भए पनि संसारका सबै देशका लागि अत्यन्त कठिन रहेको बताउँछन् ।

हर्ड इम्युनिटी कहिले प्राप्त हुन्छ या हुँदैन भन्ने सवालमा वैज्ञानिक मत फरक रहे पनि जतिसक्दो धेरैलाई भ्याक्सिन वितरण गर्दै मानवीय क्षति कम गर्नु नै सबैभन्दा उपयुक्त हुनेमा भने कसैको विमति छैन ।

(विभिन्न एजेन्सीहरूको सहयोगमा)

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ८ : ०१ बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने