ओखलढुंगामा चारजना सवार जिप भीरबाट खस्यो | Khabarhub Khabarhub

ओखलढुंगामा चारजना सवार जिप भीरबाट खस्यो


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा– ओखलढुंगाको मानेभज्याङ गाउँपालिकामा बोलेरो दुर्घटनामा परेको छ ।

मंगलबार दिउसो गाउँपालिका ४ केत्तुकेबाट मानेभज्याङ गाउँपालिकाको केन्द्रतर्फ जाँदै गर्दै गरेको ना १ ज ८३३२ नम्बरको बोलेरो जिप धुसुनेको जंगलमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा चालकसहित चारजना गम्भीर घाइते भएका छन् । उनीहरु चारैजना अचेत अवस्थामा छन् । धुसुने जंगलबाट करिब ७ सय मिटर तल भीरमा गएर गाडी अड्किएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

मानिस डोरी बिना उद्धार गर्न नसक्ने गरी अड्किएकाले उद्धारमा ढिलाई भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

हालसम्म सवारी चालक भनिएका सिद्धिचरण नगरपालिका १० बेतिनीका २६ वर्षीय कमलबहादुर थापा र मानेभज्याङ गाउँपालिका ४ का ५ वर्षीय डोलकुमारी मगरलाई उद्धार गरेर अस्पताल ल्याईएको छ ।

उनीहरु दुबै जना अचेत अवस्थामा रहेको र अवस्थासमेत गम्भिर रहेकाले थप उपचारका लागी काठमाडौँ पठाउनुपर्ने देखिएको प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिए ।

जिपमा रहेका अन्य दुईजना मानेभज्याङ ४ की ७१ वर्षीय वीनामाया मगर र सोही स्थानका टुल्की माया आले मगरको उद्धार कार्य जारी छ ।

उनीहरु पनि अचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ । यसअघि तीनजना मृत्यु भएको खबर आएपछि अस्पतालले पुष्टि नगरेकाले अहिले भन्न नमिल्ने प्रहरी निरीक्षक कट्टेलले बताए । उक्त जिप समान लिएर मानेभज्याङ गएको बुझिएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ४ : ०८ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन