यस वर्ष ‘पोकर रन’ मा काठमाडौँ-पोखरा यात्रा | Khabarhub Khabarhub

यस वर्ष ‘पोकर रन’ मा काठमाडौँ-पोखरा यात्रा


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ट्रेकिङ कम्पनी ‘स्याक्रड समिट्स’ ले यस वर्षको ‘इन्फिल्ड भेट, पोकर रन’ कार्यक्रममा काठमाडौँबाट पोखरासम्मको यात्रा आयोजना गर्ने भएको छ ।

नेपालमा सन् २००९ मा नेपालमा शुरू भएको उक्त कार्यक्रम गत वर्ष कोरोना महामारी कारण स्थगित भएको थियो । अब हुने यात्रा एघारौँ हो । विक्रम सम्वतको नयाँ वर्षका अवसरमा यो कार्यक्रम आयोजना हुने गरेको छ ।

आयोजक स्याक्रड समिट्सका अध्यक्ष रवि थापाका अनुसार कार्यक्रममा मोटरसाइकलमा यात्रा गर्न रुचाउने देश विदेशका यात्रु सक्नेछन् । सहभागी हुन नेपाली नागरिकले १३ हजार रुपैयाँ, भारतीयले नागरिकलाई ८ हजार ५०० भारतीय रुपैयाँ र विदेशी नागरिकले १३० अमेरिकी डलर शुल्क बुझाउनु पर्नेछ ।

नाम रजिस्ट्रेशन गर्न यही अप्रिल १० तारिकसम्मको म्याद दिइएको छ । थापाका अनुसार कोरोना संक्रमणको जोखिमका कारण सरकारले ठूलो भेला नगर्न भनेकाले यस वर्ष १५० जनालाई मात्र सहभागी गराइनेछ ।

विगतमा चार सय जनासम्म सहभागी भएको थापाले बताए । उनका अनुसार मोटरसाइकलमा लामो यात्रा गर्न रुचाउनेका लागि ‘पोकर रन’ सबैभन्दा उत्कृष्ट कार्यक्रम हो ।

थापाले भने, ‘मोटरसाइकलमा साहसिक यात्रा गर्न रुचाउनेका लागि यो कार्यक्रम निकै राम्रो छ । विश्वका अन्य देशहरूमा पनि हरेक वर्ष यस्तो कार्यक्रम आयोजना हुन्छ ।’

पोकर रनमा हेभी मोटरसाइकल प्रयोग गरिन्छ । नेपालमा रोयल इन्फिल्ड हेभी मोटरसाइकल मानिने भएकाले आरम्भदेखि नै यात्राका लागि रोयल इन्फिल्ड नै रोजिएको उनले बताए ।

यात्रुहरू चैत ३१ गते बिहान काठमाडौँबाट पोखराका लागि प्रस्थान गर्नेछन् । साँझ पोखरामा नयाँ वर्षको सांस्कृतिक कार्यक्रम हुनेछ । त्यहाँ सहभागीहरूले आआफ्नो क्षमता प्रदर्शन गर्ने दिने मौका पाउनेछन् ।

यस्तो हो पोकर रन

‘पोकर’ भनेको एउटा कार्ड हो, रन भनेको ‘यात्रा’ । यात्राको समयमा सहभागीहरूले विभिन्न स्थानबाट पोकर (कार्ड) उठाउँछन् । थापाका अनुसार कार्ड उठाउँदै यात्र गर्ने भएकाले यसलाई ‘पोकर रन’ भनिएको हो । यात्रुहरूले पाँच ठाउँमा रोकिँदै एउटा-एउटा कार्ड उठाउँछन् ।

यो कार्यक्रमलाई रोयल इन्फिल्ड बाइक चालकहरूको भेटघाटका रूपमा पनि बुझ्न सकिने थापाले बताए । उनका अनुसार अन्य बाइक चलाउनेहरू पनि सहभागी हुन पाउँछन् तर ३०० सीसीभन्दा बढी क्षमताको हुनुपर्नेछ ।

सहभागीले यात्राको क्रममा उठाएका पाँच वटा कार्डबाट सबैभन्दा बढी अंक जसको हुन्छ उही विजयी हुन्छ ।

वैशाख १ गते पोखराकै एउटा सामुदायिक विद्यालय वा अनाथाश्रमलाई शैक्षिक सामग्री दिने कार्यक्रम पनि रहेको थापाले बताए ।

थापाका अनुसार विगत वर्षहरूमा १७ देशका नागरिक सहभागी भइसकेका छन् । यस वर्ष भने अहिलेसम्म विदेशी नागरिक आएका छैनन् ।

रोड क्याप्टेन अघिअघि

यात्रामा सबैभन्दा अघि रोड क्याप्टेन रहन्छ । उसलाई उछिन्न पाइँदैन । सबैभन्दा पछाडि मेकानिक टोली हुन्छ । यात्रामा बाइक बिग्रिए मेकानिक टोलीले बनाउँछ ।

थापाका अनुसार पोकर रन कार्यक्रमको मुख्य उद्देश्य बुलेट बाइकमा रमाइलो गर्दै यात्रा गर्नु हो । सहभागीहरू पोखराबाटै बिदा हुनेछन् ।

स्याक्रड समिट्सले मोटरसाइकलमा यात्रा गर्न रुचाउने विदेशी पाहुनाहरूलाई सेवा दिने गरेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ३ : ५४ बजे

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो

वैदेशिक रोजगारमा जानेलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको

नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले नियम विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ