लुम्बिनी प्रदेशमा डढेलोमा परी दुई जनाको मृत्यु | Khabarhub Khabarhub

लुम्बिनी प्रदेशमा डढेलोमा परी दुई जनाको मृत्यु

प्रदेशभर ३६८ स्थानमा डढेलो


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- लुम्बिनी प्रदेशमा डढेलोमा परेर दुई जनाको ज्यान गएको छ । गुल्मीको धुर्कोट गाउँपालिका वडा नं ७ की ९ वर्षकी एक बालिका र पाल्पा माथागढी गाउँपालिकाका एक पुरुषको मृत्यु भएको प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको वातावरण महाशाखा प्रमुख डिलाराम पौडेलले जानकारी दिए ।

पौडेलले प्रदेशभरका सबै जिल्लामा डढेलो लागेको बताए । गर्मी बढेसँगै प्रदेशका महाभारत र चुरे पहाडहरुमा डढेलोको प्रकोप बढेको छ । प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले दिएको जानकारीअनुसार याम शुरू भएपछि हालसम्म प्रदेशभरका वनहरूमध्ये ३६८ स्थानका १८ हजार ५८६ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।

शनिबार साँझसम्मको विवरणअनुसार पछिल्लो चार दिनमा थप ९२ स्थानका ३ हजार २३७ हेक्टर क्षेफलमा डढेलो फैलिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जसमेत गरेर प्रदेशमा अहिले ५६ वटा डढेलो रहेको संघीय सरकारको वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ । चैत १७ गतेसम्म २७६ स्थानमा १५ हजार ३४९ हेक्टरमा लागेको डढेलो गत शनिबारसम्म ३६८ स्थानमा १८ हजार ५८६ हेक्टरमा फैलिएको छ । पाँच दिनमा ९२ स्थान र ३ हजार २३७ हेक्टरले डढेलो बढेको हो ।

सबैभन्दा धेरै डढेलो अर्घाखाँचीमा छ । जिल्लाको ६८ स्थानमा ९ हजार ७१५ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । त्यस्तै धेरै डढेलो लागेका जिल्लाहरू नवलपरासी, कपिलवस्तु, गुल्मी छन् ।

डढेलो निभाउन आवश्यक उपकरणहरू नरहेको वातावरण महाशाखा प्रमुख पौडेलले बताए । डेढेलो बढ्दै जाँदा लुम्बिनी प्रदेशमा प्रदूषण पनि बढ्दै गएको छ ।

विभिन्न ठाउँमा लागेको डढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  २ : १५ बजे

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो आज?

काठमाडौं– नेपाली बजारमा सुनको भाउले शुक्रबार नयाँ रेकर्ड कायम गरेको

दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

काठमाडौं– सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि