धुम्बाराही तरकारी तथा फलफुल बिक्री केन्द्रमा नबिल बैंकको क्यूआर भुक्तानी शुरू | Khabarhub Khabarhub

धुम्बाराही तरकारी तथा फलफुल बिक्री केन्द्रमा नबिल बैंकको क्यूआर भुक्तानी शुरू


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नबिल बैंकले काठमाडौं धुम्बाराही तरकारी तथा फलफुल विक्री केन्द्रमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ । मङ्गलबार बिहान नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, श्री भुवन कँडेलले केही तरकारी खरिद गरी क्यूआर कोड मार्फत भुक्तानी गरी नबिल बैंकको क्यूआर भुक्तानी सेवा शुरू गरेका हुन् ।

अब धुम्बराही तरकारी तथा फलफुल केन्दमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेट मार्फत सजिलै खरिद गरेको तरकारी वा फलफूलको रकम भुक्तानी गर्न सक्नेछन् ।

क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ व्यवस्थापन कर्मचारीहरू र धुम्बराही तरकारी तथा फलफुल केन्द्रका कार्यकारी सदस्यहरु एवं विक्री केन्द्रका व्यव्ँसायीहरुको उपस्थिति रहेको थियो ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक कँडेलले विभिन्न तरकारी तथा फलफुल पसलको अवलोकन र निरीक्षण गरेपछि एउटँ तरकारी पसलमा तरकारी खरिद गरी आफ्नो मोबाइल बैंकिङको क्यूआर कोडमार्फत भुक्तानी गरेका थिए ।

नगद तथा डेबिट र क्रेडिट कार्डको विकल्पमा क्यूआर कोड भुक्तानी छिटो र झन्झटमुक्त छ । छिटो र कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो पटक उपभोक्ताहरु यो नविन सेवातर्फ आकर्षित भइरहेका छन् ।

डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि नबिल बैंकले सन् २०२० को मार्चदेखि क्यूआर कोड भुक्तानी सेवा शुरूगरेको थियो ।

अहिले बैंकको साथमा देशभर ३ हजार भन्दा बढी क्यूआर सेवा दिने व्यावसायिक प्रतिष्ठानहरु रहेका छन् जुन हरेक दिन बढिरहेका पनि छन् ।

कार्यक्रममा कार्यकारी निर्देशक कँडेलले भने, ‘ विगतका दिनहरूमा भुक्तानीका लागि क्यूआर कोडहरूको प्रयोग बजारमा उल्लेखनीय रूपमा वृद्धि भएको छ । यसका लागि नबिल बैंक जस्तो वित्तीय संस्थाले वित्तीय पहुँच, वित्तीय समावेशीकरण, पारदर्शिता र आर्थिक समृद्धि सक्षम पार्न डिजिटल भुक्तानी सक्षम गर्न सक्रिय भूमिका खेलिहेका छन् ।’

यसैगरी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले पछिल्लो केही वर्षदेखि हामीले नेपालमा भुक्तानी प्रणालीमा नयाँपन देख्न थालेको र जसको परिणाम उपभोक्ता विस्तारै–विस्तारै नगदबाट डिजिटल भुक्तानतर्फ परिवर्तन भइरहेको पाइएको बताए ।

उनले भने, ‘नबिल क्यूआर कोड एउटा सहज, सुरक्षित र किफायती डिजिटल भुक्तानी गर्ने माध्यम हो, जसलाई आर्थिक समृद्धिमा महत्वपूर्ण योगदानको रूपमा लिन सकिन्छ । क्यूआर मार्फत डिजिटल भुक्तानीलाई प्रबर्द्धन गर्ने उद्देश्यको साथ, नबिल बैंकले देशभर क्यूआर भुक्तान सेवाको पहु“च विस्तार गर्न एक मिशन शुरू गरेको छ ।’

नबिल बैंक नेपालको निजी क्षेत्रको अग्रणी बैंक हो । नयाँ प्रविधि अपनाउने र नवीन प्रोडक्टका साथै सेवाहरु शुरूगर्ने काममा नबिल सधैं नै अगाडि रहेको छ ।

नबिल बैंकले कोभिड महामारीकै बीचमा नबिल डिजी बैंक स्थापना गरेर उपभोक्ताको हरेक कामहरुलाई डिजिटलमार्फत सेवा पुराइरहेको छ ।

बैंकले ग्राहकहरुको आवश्यकताहरु पूरा गर्न डिजिटल मार्गहरुको अन्वेषण गर्दैछ । बैंकले मुलुकको पहिलो डिजिटल बैंक बन्ने लक्ष्य राखेको छ । नबिल डिजी बैंकले लक्ष्य हासिल गर्न ग्राहक टचपोइन्टहरु र आन्तरिक प्रक्रियाहरु क्रमिक रूपमा अगाडि बढाएको बैंकका संस्थागत सञ्चार विभाग प्रमुख कृष्ण सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  १ : ३४ बजे

महावैका तत्कालीन गाउँपालिका उपाध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका

‘खगेन्द्र’ र ‘रुद्रकली’लाई यसरी पुर्‍याइनेछ कतार

तस्बिरः कृष्ण आचार्य/रासस काठमाडौं – कतारका अमिर शेख तमिम बिन

राजनीतिक घुम्ती परिवर्तन गर्ने सोचमा छौँ : भीम रावल

काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले राजनीतिको घुम्ती परिवर्तन गर्ने

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

सहकारीका समस्या समाधान गर्न कानून बनाउने सरकारको निर्णय

काठमाडौं– सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने