शहीद रङ्गशालामा ‘फ्लड लाइट’ | Khabarhub Khabarhub

शहीद रङ्गशालामा ‘फ्लड लाइट’


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– शहीद रङ्गशालामा फ्लड लाइट सञ्चालनभएपछि विराटनगरवासीको वर्षौंदेखिको रात्रिकालीन खेलकूद हेर्ने चाहना पूरा भएको छ ।

काठमाडौँको दशरथ रङ्गशालापछि विराटनगरमा यो दोस्रो फ्लड लाइट हो । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले फ्लड लाइटको सोमबार साँझ उद्घाटन गर्दै तीन वर्षअगाडि सरकारले प्रतिबद्धता व्यक्त गरेअनुसार आफ्नो काम पूरा गरेको बताए । मुख्यमन्त्री राईले फ्लड लाइट सञ्चालनबाट यस क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिता सञ्चालन सहज हुने बताए ।

सामाजिक विकासमन्त्री उषाकला राईले खेलकूदको माध्यमबाट समाजमा अनुशासन कायम गरी मानव सभ्यताको विकास गर्ने बताइन । मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले प्रदेश सरकारको रु पाँच करोड ४२ लाख लगानीमा फ्लड लाइट जडान गरिएको जानकारी दिए ।

विसं २०७६ असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभीबीच ३२ देखि ३५ मिटरसम्मको उचाइ रहने गरी चार वटा पोल खडा गरी प्रत्येक फ्लड लाइट फ्रेममा एक हजार वाटको २७ वटा बत्ती जडान गर्ने गरी रु चार करोड २९ लाखमा विसं २०७७ वैशाख २५ गते सम्पन्न गर्ने ठेक्का सम्झौता भएको थियो ।

कोरोना सङ्क्रमण रोक्न नेपाल र भारतको सीमा बन्द, अन्य आवश्यक सामग्री जडान, प्याराफिट मर्मतलगायतका कारण प्रदेश सरकारले समय सीमा थप गर्नुका साथै रु ८४ लाख थपेको सचिव कार्कीले बताए । बन्दाबन्दीको कारण भारतबाट सामग्री ल्याउन समस्या भएपछि निर्धारित मितिमा काम सम्पन्न हुन नसकेको अमर जेभीले बताएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  १ : १३ बजे

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको