शहीद स्मारक ‘बी’ डिभिजन लिग: ब्वाइज युनियन विजयी | Khabarhub Khabarhub

शहीद स्मारक ‘बी’ डिभिजन लिग: ब्वाइज युनियन विजयी


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा ब्वाइज युनियन क्लब विजयी भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा ब्वाइज युनियनले टुसाल युथ क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

ब्याइजका लागि एक मात्र निर्णायक गोल मिलन लिम्बूले गरेका हुन् । उनले खेलको ७२औँ मिनेटमा हेडमार्फत गोल गरे । मध्यान्तर अघिको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

जितसँगै ब्वाइजले १० खेलबाट १७ अङ्क जोडेको छ । ब्वाइज लिगको चौथो स्थानमा यथावत छ । यस्तै टुसाल १० खेलमा नौ अङ्क जोडेर लिगको आठौँ स्थानमा छ । लिगमा १२ वटा क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ८ : ४९ बजे

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा

दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार