प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव आए सामना गर्ने, आफ्नो पक्षमा बहुमत रहेको दाबी | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव आए सामना गर्ने, आफ्नो पक्षमा बहुमत रहेको दाबी


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि शुरु हुने प्रतिनिधिसभाको हिउँदे अधिवेशनका गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन सांसदहरूलाई निर्देशन दिएका छन् ।

आज बसेको पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले आफूसँग बहुमत सांसद रहेको दाबी गर्दै संसदमा अविश्वास प्रस्ताव दर्ता भए त्यसको सामना गर्ने अडान राखे ।

प्रधानमन्त्रीबाट राजीनामा दिनेबारे कुनै शब्दसमेत उच्चारण नगरेका ओलीले अविश्वासको प्रस्ताव प्रस्तुत भए त्यसलाई असफल पार्ने बताए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा १ सय १५ जना सांसद उपस्थित भएको ओली समूहले दाबी गरेको छ । बहुमत सांसद ओली समूहमा रहेकाले कानुनी हिसाबले नेकपा विभाजन हुन कठिन रहेको यो समूहको ठहर छ ।

ओली समूहको संसदीय दलको बैठकमा सहभागी हुन प्रचण्ड–माधव समूहका सांसदलाई पनि सन्देश पठाइएको थियो । एकता अभियान सञ्चालन गरिरहेका वामदेव गौतम पनि बैठकमा उपस्थित भएनन् ।

यसअघि शुक्रबार साँझ प्रधानमन्त्री ओली बामदेवलाई भेट्न भैँसेपाटीस्थित गौतम निवास पुगेका थिए । उनले वामदेवलाई संसदीय दलको बैठकमा आउन आग्रह गरेका थिए ।

बैठकले नेकपा प्रचण्ड–माधव समूहले कांग्रेसलाई प्रधानमन्त्री बनाउन लागेको भन्दै आपत्ति जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ५ : ५८ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६