आफूहरूसँग हतियार नभएको विप्लव समूहको दावी | Khabarhub Khabarhub

आफूहरूसँग हतियार नभएको विप्लव समूहको दावी


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफूहरूसँग हतियार नभएको दावी गरेको छ ।

शान्तिपूर्ण राजनीतिमा आएको नेपाल कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख तथा सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले आफूहरूसँग हतियार नभएको दाबी गरेका हुन् ।

उनले सञ्चारकर्मीसँगको कुराकानीमा नेकपा हिंसाको बाटोमा नलागेकाले हतियारका बारेमा चर्चा गर्न आवश्यक नै नरहेको बताए ।

उनले नेपाल कम्युनिष्ट पार्टी सशस्त्र द्वन्द्वबाट नभएर एकीकृत जनवादी क्रान्तिबाट वैज्ञानिक समाजवाद स्थापना गर्न लागेको दावी गरे ।

उनले सरकारसँग नेपाललाई कसरी समृद्ध बनाउने भन्नेबारे छलफल भइरहेको समेत बताए ।

यसअघि विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध सरकारले फुकुवा गरेको थियो ।

बिहीबार सरकारी टोली र विप्लव समूहबीच भएको वार्तापछि तीन बुँदे सहमित गर्दै सरकारले नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने निर्णय हो। शुक्रबार काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गरेका थिए ।

विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउनुलाई सबै राजनीतिक दलले स्वागत गरेका छन् । तर, प्रक्रिया नपुर्‍याई सहमति गरिएको र हतियारबारे कुनै निर्णय नगरेको भन्दै आलोचना पनि गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ५ : ५५ बजे

कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै, ११ सम्झौतामा हस्ताक्षर हुने

काठमाडौं– नेपालको दुई दिने भ्रमणमा आएका कतारका अमिर शेख तमिम

एशियन च्याम्पियन्स लिगबाट अल हिलाल बाहिरियो

काठमाडौं– साउदी क्लब अल हिलाल एशियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको

आर्थिक संवृद्धिसँगै अन्तर्राष्ट्रिय प्रभाव बढाउँदै कतारका अमिर

कतारका लागि बङ्गलादेश र नेपाल दुई प्रमुख श्रम बजार हुन्।

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको ५ गोल

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ