पल र मलिकालाई लिएर फिल्म निर्माणको तयारी | Khabarhub Khabarhub

पल र मलिकालाई लिएर फिल्म निर्माणको तयारी


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पल शाह र मलिका महतले शीर्ष भूमिका निभाउने गरी फिल्म निर्माणको तयारी थालिएको छ ।

पछिल्लो समय दर्शकले रुचाएको यो रिल जोडीलाई शीर्ष भूमिकामा लिएर केन्द्र मोसन पिक्चर्सले फिल्म बनाउने तयारी थालेको हो ।

केन्द्र मोसन पिक्चर्सले यसअघि पल र मलिकाको जोडीलाई दुईवटा म्युजिक भिडियोमार्फत सार्वजनिक गरिसकेको छ ।

फिल्म निर्माणबारे यसअघि नै चर्चा चले पनि यसबारेमा कुनै आधिकारिक जानकारी दिइएको छैन । नायिका मलिका महतले फिल्ममा काम गर्नेबारे कुरा भइरहेको तर अझै फाइनल नभएको बताइन् ।

‘लिखित सम्झौता भएको छैन तर कुरा चलिरहेको छ,’ मलिकाले भनिन् ।

पछिल्लो समय पल र मलिकालाई फिचरिङ गरिएका दुई म्युजिक भिडियोले चर्चा कमाएका छन् । ‘फूलबुट्टे सारी’ र ‘टाढा भए पनि’ ले दर्शकको अपार माया पाएका छन् । यी दुई फिल्म दुई हप्तामै युट्युबमा एक करोड दर्शकले हेरेर रेकर्ड ब्रेक गरेका छन् ।

कुनै नेपाली गीत संगीत करोड क्लबमा पुगे पनि त्यसका लागि समय लाग्ने गर्छ । पल र मलिकाको जोडीलाई दर्शकले मन पराएका छन् ।
दर्शकको यही क्रेज देखेर केन्द्र मोसन पिक्चर्सले नै फिल्मको तयारी थालेको हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ५ : ०० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०