प्रदेश २ का प्रमुख झाले दुर्घटनाका घाइतेको उद्धार गरी अस्पताल पुर्‍याए | Khabarhub Khabarhub

प्रदेश २ का प्रमुख झाले दुर्घटनाका घाइतेको उद्धार गरी अस्पताल पुर्‍याए


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कर्णाली प्रदेशको सुर्खेत जिल्लाअन्तर्गत छिन्चु भन्ने ठाउँमा सवारी दुर्घटनामा परी घाइते भएका मिनिट्रकका चालकलाई प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले अस्पताल पुर्‍याएका छन् ।

छिन्चु सडकखण्डमा आज अपरान्ह मिनिट्रक र बा ५ ख ४२०४ नम्बरको सवारीसाधन एकआपसमा ठोक्किँदा मिनिट्रक पल्टिएको थियो । मिनिट्रकका चालक शेरबहादुर सिंह घाइते भएको प्रहरी जवान सुरेन्द्र रेग्मीले जानकारी दिए ।

कर्णाली प्रदेश भ्रमणको क्रममा रहेका प्रदेश २ का प्रमुख डा.अहिराजले दुर्घटनामा घाइते भएको देखेर सिंहलाई आफ्नै गाडीमा राखेर बाँके जिल्लाको कोहलपुर मेडिक कलेज दशबिघामा भर्ना गराएका हुन् ।

घाइते सिंहको टाउको, दाहिने पाखुरा र शरीरको अन्य भागमासमेत चोटपटक लागेको छ ।

प्रदेश प्रमुख डा.अहिराजले सबै प्रदेशका प्रमुखहरुसँग भेटघाट र अनुभव आदानप्रदान कार्यक्रम शुरु गरेका छन् । सोहीअन्तर्गत कर्णाली प्रदेशका प्रमुख गोविन्द प्रसाद कनौलीसँग भेटघाट तथा अनुभव आदानप्रदानपश्चात् फर्किँदै थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ४ : १८ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न