अल्लो उद्योग सङ्कटमा | Khabarhub Khabarhub

अल्लो उद्योग सङ्कटमा


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुमपूर्व– विभिन्न ठाउँमा स्थानीयवासीले सञ्चालन गरिरहेका अल्लो उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।

अल्लोबाट उत्पादित विभिन्न सामग्रीले बजार नपाएपछि उद्योग सञ्चालनमा कठिनाइ भएको हो । अल्लो प्रशोधन र त्यसबाट बनाइने सामग्रीबारे सीप प्राप्त गरेर अल्लो उद्योग सञ्चालन गरे पनि उत्पादित सामग्री बिक्री नहुँदा आम्दानी शून्य भएपछि उद्यमी समस्यामा परेका छन् ।

यहाँका तीनवटै स्थानीय तहमै प्रशस्तमात्रामा अल्लोको कच्चा पदार्थ पाइने गरेको छ । उत्पादित सामग्रीले परिश्रमअनुसारको बजार र मूल्य नपाउँदा अल्लो अद्योग सञ्चालनमा समस्या भएको पुथाउत्तरगङ्गा गाउँपालिका वडा नं १४ जामाबगरस्थित सिर्जनशील अल्लो उद्योग सञ्चालक गौसरी पुनले बताइन ।

उनले भनिन्, “जामाबगरमा छ वर्षदेखि अल्लो उद्योग स्थापना गरी उद्योग सञ्चालन गर्दै आए पनि सामग्रीले बजार र परिश्रमअनुसारको मूल्य नपाउँदा घाटा बेहोर्नुपर्ने अवस्था छ ।”

अल्लोको रेसा निकालेर सुकाउने, पकाउने कुट्नेजस्ता प्रक्रियाबाट सामग्री बनाउनुपर्ने अवस्थामा गाउँमा बजार र श्रमअनुसारको आम्दानी नहुँदा रुकुमकोट र सदरमुकाम खलङ्गासम्म पुर्‍याउँदा झनै लागत बढेको उनले बताइन ।

अल्लोबाट तयार पारिने सामग्रीबाट पारिश्रमिकसमेत नउठेपछि उत्पादनमा कमीका साथै सञ्चालनमा रहेका उद्योगसमेत सङ्कटमा परिरहेका उद्योग सञ्चालक बताउँछन् ।

भौगोलिक विकटताका बीच ग्रामीण क्षेत्रका सर्वसाधारणले गाउँघरमै सङ्कलन गरेको अल्लोबाट झोला, टोपी, बर्की, कोटलगायत विभिन्न लत्ताकपडा सामग्री निर्माण गरे पनि गाउँमा बजार नभएपछि व्यवसाय धरापमा पर्ने अवस्था आएको उनीहरुको गुनासो छ ।

जामाबगरस्थित सिर्जनशील अल्लो उद्योग व्यवस्थापनका लागि अल्लोका कपडा तयार गर्ने आधुनिक औजार खरीद र आवश्यक तालीम सञ्चालन गर्न गाउँपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ ।

चालू आर्थिक वर्षमा गाउँपालिकाको रु चार लाख र वडाको रु ५० हजार गरी रु चार लाख ५० हजारको बजेट विनियोजन गरिएको वडा नं १४ का वडाध्यक्ष हर्कमान बुढाले जानकारी दिए ।

अल्लो उद्योग सञ्चालनबाट स्थानीयवासीलाई व्यावसायिक बनाउन सरकारसँगै विभिन्न सङ्घसंस्थाले तालीम दिँदै आए पनि उचित बजार तथा मूल्य नपाउँदा अल्लोबाट घाटा खानु परेको उद्यमी बताउँछन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ४ : ४८ बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश