इंग्ल्याण्डविरूद्धको चौथो टेष्टमा भारतलाई झिनो अग्रता | Khabarhub Khabarhub

इंग्ल्याण्डविरूद्धको चौथो टेष्टमा भारतलाई झिनो अग्रता


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्ल्यान्डविरुद्धको अन्तिम तथा चौथो टेस्टको दोस्रो दिन भारतले झिनो अग्रता बनाएको छ ।

अहमदाबादमा दोस्रो दिनको खेल सकिदा शुक्रबार भारतले पहिलो इनिङ्समा ८९ रनको अग्रता बनाएको छ ।

दोस्रो दिनको खेल सकिदा भारतले ७ विकेट गुमाएर २ सय ९४ रन बनाएर खेलिरहेको छ ।

भारतका ऋषव पन्तले १ सय १ रनको शतकीय इनिङ्स खेले । रोहित शर्माले ४९ रन जोड्दा कप्तान विराट कोहली शुन्य रनमा आउट भए । वासिंगटन सुन्दर ६० रनमा अविजित छन् ।

इन्ल्याण्डका जेम्स एण्डरसनले ३ विकेट लिए । बेन स्टोक्स र ज्याक लिचले २/२ विकेट लिए ।

यसअघि बिहीबार इंग्ल्यान्ड पहिलो इनिङ्समा २ सय ५ रन जोड्दा अलआउट भएको थियो।

इंग्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ५५ रनको अर्धशतकीय इनिङ्स खेल्न बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

भारतका अक्षर पटेलले ४ विकेट लिए । यस्तै रविचन्द्र आश्विनले ३ तथा मोहमद सिराजले २ विकेट लिए ।

विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गत रहेको ४ खेलको सिरिजमा भारत २-१ ले अघि रहेको छ । यो टेष्ट इन्ल्याण्डले जितेमा खेल बराबरी हुनेछ । अन्यथा सिरिज भारतले कब्जा गर्नेछ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ६ : ४० बजे

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात

बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई गर्‍यो देश निकाला

अफ्रिका– बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई देशबाट बाहिर जान आदेश

पाथीभरा क्षेत्रमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

फुङ्लिङ– ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा

सुर्खेतमा ‘एन्फा महिला लिग’ आजदेखि

कर्णाली– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग-२०२४ छनोट

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट