तेस्रो चरणको आन्दोलनमा कांग्रेस, आज ७७ जिल्लामा विरोध र्‍याली | Khabarhub Khabarhub

तेस्रो चरणको आन्दोलनमा कांग्रेस, आज ७७ जिल्लामा विरोध र्‍याली


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा विघटनविरूद्ध कांग्रेस तेस्रो चरणको विरोध कार्यक्रम थालेको छ ।

तेस्रो चरणको कार्यक्रमअन्तर्गत कांग्रेसले आज देशैभर प्रदर्शन गर्दैछ । आज कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संगठनहरूले ७७ वटै जिल्लामा विरोध र्‍याली र सभा गर्दैछन् ।

प्रधानमन्त्री के.पी. शर्मा ओलीको सिफारिसमा पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम भन्दै कांग्रेस आन्दोलित भएको छ ।

कांग्रेसले यसअघि पुस १३, पुस २५, माघ ३, माघ ८ र माघ १९ गते विरोध कार्यक्रम गरिसकेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले जनतालाई दुःख नदिने गरी शान्तिपूर्ण विरोध प्रदर्शनका कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन् ।

‘अनेक घटनाका बाबजुद उपत्यका या नेपाल बन्दको कार्यक्रम हामीले आयोजना गरेनौं, संसद विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने तर जनताले दुःख पाउने गरि बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न हामी दृढ़ छौं,’ प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विघटनविरुद्ध उभिएका सबै दल र संस्थालाई यही अपील समेत गर्न चाहन्छौं ।’

सरकारले दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्म गरेर सर्वसत्तावाद उन्मुख प्रवृत्ति देखाएकाले त्यसकाविरूद्ध संघर्ष जारी रहने पनि उनले बताएका छन् ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ११ : २० बजे

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको