पोखरमा राष्ट्रिय परिचयपत्रका लागि तथ्यांक संकलन शुरु | Khabarhub Khabarhub

पोखरमा राष्ट्रिय परिचयपत्रका लागि तथ्यांक संकलन शुरु


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरा महानगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि तथ्यांक संकलन कार्य शुरु भएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट गएको टोलीले विवरण दर्ताका लागि वडा कार्यालयमा नै कम्प्युटरलगायतका आवश्यक उपकरण राखेर काम शुरु गरेको पोखरा महानगर राष्ट्रिय परिचयपत्र रुजु अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिए ।

उनका अनुसार आज पोखरा महानगर नगरपालिका– ४ का वडाध्यक्ष शङ्करप्रसाद बास्तोलाको तथ्याङ्क सङ्कलन गरेर शुभारम्भ भएको हो ।

वडाध्यक्ष बास्तोलाले नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिले आवश्यक विवरण भरेर राष्ट्रिय परिचयपत्र प्राप्त गर्नसक्ने जानकारी दिनुभयो ।

जनतालाई प्रदान गर्ने सेवासुविधा एकीकृत प्रणालीमार्फत एउटै परिचयपत्रबाट प्राप्त हुने प्रावधानसहितको प्रणालीको विकास गर्ने, जैविक पहिचानसहितको बहुउपयोगी परिचयपत्र तयार गरी वितरण गर्ने र नेपालमा बस्ने सबै व्यक्तिका विवरण राष्ट्रिय तथ्याङ्क भण्डारणमा समाविष्ट गर्ने राष्ट्रिय परिचयपत्रको उद्देश्य रहेको उनले बताए ।

उनले भने, “अनेकन परिचयपत्र (लाइसेन्स, प्यान कार्ड, विवाह दर्ता) अब बोक्नु पर्दैन, अब पाइने राष्ट्रिय परिचयपत्रमा यी सबै परिचयपत्रमा उल्लेख गरिएका सबै विवरण हुन्छ ।”

राष्ट्रिय परिचयपत्र डिजिटल हुन्छ । राष्ट्रिय परिचयपत्रमा भएका विवरण ‘रिडेबल मेसिन’ मार्फत हेर्न सकिन्छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १ देखि ५ सम्म पहिलो चरणमा तथ्याङ्क सङ्कलन शुरु गरिएको हो ।

पहिलो चरणमा ५ वटा वडादेखि शुरु गरिएको र आइतबारदेखि वडा नं ६ देखि दोस्रो चरण शुरु हुने जनाइएको छ ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  १० : १९ बजे

प्रधानमन्त्रीसँगको भेटमा झलनाथ खनालले के भने ?  

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ

६ वर्षमा वाणिज्य बैंकका शाखा कार्यालय २ हजारले बढे

काठमाडौँ– पछिल्लो ६ वर्षको समयमा वाणिज्य बैंकहरुको शाखा २ हजारको

आज चैते दसैँ पर्व मनाइँदै

काठमाडौँ– आज चैते दसैँ पर्व हर्षोल्लासका साथ मनाइँदै छ। हिन्दु

आज सेतो मत्स्येन्द्रनाथको रथयात्रा सुरु हुँदै

काठमाडौँ– वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा आज सुरु

संघीय संसदका ७ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद्अन्तर्गतका विभिन्न सातवटा संसदीय समितिका बैठक आज बस्दै