सप्तरीमा सेनाको गाडीले ठक्कर दिँदा एकको मृत्यु | Khabarhub Khabarhub

सप्तरीमा सेनाको गाडीले ठक्कर दिँदा एकको मृत्यु


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीमा नेपाली सेनाको गाडीले ठक्कर दिँदा एक बृद्धको ज्यान गएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनी गाउँपालिका खण्डमा बुधबार सेना चढेको बा.१ग. १९८१ नम्बरको वानटन गाडीले स. ५ प. ५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सवार सप्तरीकै अग्निसाइर कृष्णासवरण गउँपालिका २ निवासी रामचन्द्र प्रसाद चौधरीको मृत्यु भएको हो ।

गाडीको ठक्करबाट गम्भिर घाइते भएका ६५ वर्षिय चौधरीलाई उपचारका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको डीएसपी भवनेश्वर साहले जानकारी दिए ।

ठक्कर दिने गाडी र चालक सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १७ निवासी मनिसराज राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डिएसपी साहले बताए ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ४ : ५३ बजे

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको

पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल

बागलुङ । पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढेको छ ।

धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले

अर्घाखाँची । भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा

सेतो मच्छिन्द्रनाथलाई लगनटोलबाट जनवहाल लगियो (फोटोफिचर)

काठमाडौं । सेतो मच्छिन्द्रनाथलाई शनिबार रथबाट निकालेर लगनटोलबाट जनवहाल लगिएको

दक्षिण कोरियाली चिकित्सकद्वारा सरकारको प्रस्ताव अस्वीकार

सियोल – दक्षिण कोरियाको अग्रणी चिकित्सक सङ्गठनले शनिबार सरकारको संशोधित