कतारमाथिको नाकाबन्दी हट्यो, साउदीसँगै तीन देशले सबै सम्बन्ध पुनर्स्थापित गर्ने | Khabarhub Khabarhub

कतारमाथिको नाकाबन्दी हट्यो, साउदीसँगै तीन देशले सबै सम्बन्ध पुनर्स्थापित गर्ने


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : साउदी अरेबियाले साँढे ३ वर्षदेखि कतारमाथि लगाएको नाकाबन्दी हटाएको छ । साउदी अरबियाको अल उला
शहरमा मंगलबार भएको गल्फ कर्पोरेशन काउन्सिल (जीसीसी)को ४१ औँ सम्मेलनमा नाकाबन्दी हटाउने बारे औपचारिक सहमति भएको हो ।

कतारका अमीर शेख तामीम बिन हमद अल थानीसँगै कुवेतका अमीर शेख नवाफ अल-अहमद अल-जाबेर अल सबाह, साउदीका राजकुमार मोहम्मद बिन सलमान बिन अब्दुलाजीज अल सउदले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यस्तै, बहराइनका राजकुमार सलमान बिन हमद अल खलिफा, युएईका उपराष्ट्रपति शेख मोहम्मद बिन रशीद र ओमानी उप प्रधानमन्त्री फहद बिन महमूद अल सैदले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौतापत्र अनुरुप साउदीले कतारसँगको एयरस्पेस, भूमि र समुद्री सीमा सोमबार मध्यराति देखिनै खोलिसकेको छ ।

सम्मेलनपछि पत्रकार सम्मेलन गर्दै साउदी अरेबियाका विदेशमन्त्री फैसल बिन फरहान अल सउदले साउदी अरेबियासँगै युएई, बहराइन र इजिप्टले पनि हवाई उडानसहित कतारसँगको सबै सम्बन्ध पुनर्स्थापित गर्ने सहमति भएको जानकारी दिए ।

कतारले इस्लामिक अतिवादीहरुलाई प्रायोजन गरेको आरोप लगाउँदै साउदीले नाकाबन्दीको नेतृत्व गरेको थियो । साउदीको कदमलाई खाडीका अन्य मुलुकहरु युएई, बहराईन र इजिप्टले पनि साथ दिएपछि कतार घेराबन्दीमा परेको थियो ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ७ : २५ बजे

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भक्तपुर– आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो

गगन थापाको टिप्पणी- बा र भगवान प्रश्नभन्दा माथि !

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई प्रश्न

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा

काठमाडौं– राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा दिएकी छन् । माओवादीबाट

सुदूरपश्चिममा दुई मन्त्रीको जिम्मेवारी तोकियो

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश