संस्थापन पक्षले प्रदेश २ का अधिवेशनमा धाँधली गरेको आरोप | Khabarhub Khabarhub

संस्थापन पक्षले प्रदेश २ का अधिवेशनमा धाँधली गरेको आरोप


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको जारी अधिवेशनका क्रममा प्रदेश २ का विभिन्न निर्वाचन क्षेत्रमा संस्थापन पक्षले धाँधली गरेको आरोप लागेको छ ।

सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी र सत्ता शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्न खोजेको कांग्रेस नेता ताथ सांसद अमरेश सिंहले दाबी गरेका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै उनले उनले आफ्नो निर्वाचन सर्लाही–४ सहित संस्थापन इतर पक्षका नेताले जितेको क्षेत्रमा बल प्रयोग गरेर अधिवेशन गराएको भन्दै आपत्ति प्रकट गरेका छन्।

सिंहले तेजुलाल चौधरीको निर्वाच क्षेत्र सप्तरी–४ र देवप्रसाद तिमिल्सिनाको निर्वाचन क्षेत्र रौतहत–४ मा पनि उस्तै किसिमले अधिवेशन भएको दाबी गरेका छन्।

उनले बहालवाला मन्त्रीको पीएसओलाई गोली चलाउन लगाएर आतंकपूर्ण वातारण सिर्जना गरेर अविधेशनको औपधारिकता पूरा गरिएको विरोधमा विज्ञप्ति जारी गरेका छन्। प्रदेश सरकारका पीएसओले सर्लाही ४ का वडा अधिवेशनमा गोली चलाएका थिए ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ८ : ३२ बजे

घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले पदपूर्तिका लागि ठूलो सङ्ख्यामा आवेदन माग गरेको छ।

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी– जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु

खेलकुद परिषद्को सर्कुलरले हच्किए सङ्घ अध्यक्ष

काठमाडौं – शनिबार ललितपुर सातदोबाटोमा नेपाल पौडी सङ्घको चुनावी साधारण