राजेन्द्र लिङ्देनसहित निर्वाचित पदाधिकारीले लिए शपथ | Khabarhub Khabarhub

राजेन्द्र लिङ्देनसहित निर्वाचित पदाधिकारीले लिए शपथ


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

अध्यक्षले लिएपछि बाँकी पदाधिकारीले पनि शपथ लिएका हुन् । उनीहरूले पनि संयोजक बस्नेतबाट शपथ लिएका हुन् ।
पार्टी, देश र ईश्वरको नाममा उनीहरूले शपथ लिएका हुन् ।

नवनिर्वाचित पदाधिकारीबाट नवनिर्वाचित सदस्यहरूले पनि शपथ लिएका छन् ।

सो शपथ ग्रहण कार्यक्रममा निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी उपस्थित भए पनि अर्का निवर्तमान अध्यक्ष कमल थापा भने अनुपस्थित रहे ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ३ : ४४ बजे

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

आगोको झिल्का सल्केर घरमा आगलागी

बैसाखे– पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको

नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त

वासिङ्टन– विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको