टोकियो ओलम्पिक : अमेरिकी स्प्रिन्टर पनि पछाडि परे | Khabarhub Khabarhub

टोकियो ओलम्पिक : अमेरिकी स्प्रिन्टर पनि पछाडि परे


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एथ्लेटिक्सको पुरुष स्पर्धामा अपेक्षाकृत कमजोर प्रदर्शन गरेको अमेरिका टोकियो ओलम्पिकमा दोस्रो स्थानमा सीमित रहने सम्भावना बढेको छ ।

यस वर्षका अन्य प्रतियोगितामा छाएका अमेरिकी स्प्रिन्टर यस ओलम्पिकमा स्वर्ण पदकविहीन भए । रिलेको ४ गुणा ४ सय मिटर मिश्रितमा कास्य पदकमा सीमित अमेरिका चार गुणा सय मिटरमा फाइनल प्रवेश गर्न असमर्थ भयो । चार गुणा ४ सय मिटरको रिलेमा सफलता नपाए थ्रोमा बाहेक अमेरिकी पुरुष खेलाडी स्वर्ण पदक जित्न असफल भएका छन् ।

बिहीबार पुरुष ११० मिटर हर्डल्समा जमैकाका हान्से पार्चमेन्टले स्वर्ण पदक जिते । अमेरिकाका ग्रान्ट होलवेले रजत र जमैकाकै रोनाल्ड लेभीले कास्य पदक जिते ।

पुरुष सट पुटमा विश्व कीर्तिमानधारी अमेरिकी यार्न क्रुजरले स्वर्ण र अमेरिकाकै जोय कोभाकले रजत पदक जिते । यस स्पर्धामा न्यु जिल्यान्डका टोमास वाल्सले कास्य पदक जिते ।

पुरुष ट्रिपल जम्पमा पोर्चुगलका पिचार्डो पेड्रोले स्वर्ण, चीनका झोउ यामलिङले रजत र बुर्किनाफासोका फब्राइस ह्युजले कास्य पदक जिते ।

महिला पोल भोल्टमा अमेरिकाकी केटी नेगेटीले स्वर्ण, रुसी ओलम्पिक कमिटीकी एन्जेलिखा सिदेरोभाले रजत र बेलायतकी होली ब्राडसले कास्य पदक जिते ।

पुरुषको ४०० मिटर ट्र्याकमा बहमासका स्टेफन गार्डनरले स्वर्ण, कोलम्बियाका एन्थोनी जोसे जम्ब्रानोले रजत र ग्रेनडाका किरानी जेम्सले कास्य पदक जिते ।

पुरुष २० किलोमिटर हिँडाइमा इटालीका स्टेफानो मासिनोले स्वर्ण, जापानका कोकी इकेडाले रजत र जापानका यामानिसी तोकिजावाले कास्य पदक जिते ।

पुरुष कायाक २०० मिटरमा हङ्गेरीका सान्डोर टोक्टाले स्वर्ण, इटालीका रिजा मान्फ्रेडीले रजत र बेलायतका लियाम हेल्थले कास्य पदक जिते ।

महिला क्यानोइ २०० मिटरमा अमेरिकाकी नेभिन ह्यारिसनले स्वर्ण, क्यानडाकी भिन्सेन्ट लापोन्टेले रजत र युक्रेनकी लुजान लुम्डियाले कास्य पदक जिते ।

महिला कायाक एकल ५०० मिटरमा न्यु जील्यान्डकी लिसा कारिङटनले स्वर्ण, हङ्गेरीकी टमारा सिप्सेसले रजत र डेनमार्ककी जोर्गेन अम्माले कास्य पदक जिते । पुरुष कायाक डबल हजार मिटरमा अस्ट्रेलियाले स्वर्ण, जर्मनीले रजत र चेक गणतन्त्रले कास्य पदक जिते ।

बक्सिङको पुरुष फेदरवेटमा रुसी ओलम्पिक कमिटीका अल्बर्ट बाटायगेजभेले फाइनलमा अमेरिकाका डेगन रुकलाई हराउँदै स्वर्ण पदक जिते ।

पुरुष १० किलोमिटर म्याराथन पौडीमा जर्मनीका फ्लोरेन उलब्रेकले स्वर्ण, हङ्गेरीका क्रिस्टोफ रावोजसकीले रजत र इटालीका जर्जियो पालाटोर्नीले कास्य पदक जिते ।

स्केट बोर्डिङको पुरुष पार्कमा अस्ट्रेलियाका केन पालमरले स्वर्ण, ब्राजिलका पेड्रो बारोसले रजत र अमेरिकाका कोरे जोनेले कास्य पदक जिते ।

साइक्लिङको महिला करिनमा नेदरल्यान्ड्सकी साने ब्रास्पेनीकले स्वर्ण, न्यु जील्यान्डकी एलिसे आन्द्रेजले रजत र क्यानडाकी जेनेस्ट लाउरेनले कास्य पदक जिते । पुरुष ओम्नियममा बेलायतका म्याथ्यु वाल्सले स्वर्ण, न्यु जील्यान्डका स्टेवार्ट क्याम्बलले रजत र इटालीका इली भिभानीले कास्य पदक जिते ।

डाइभिङको महिला १० मिटर प्लेटफर्ममा चीनका कुवान होङचङले स्वर्ण, चीनकै चेन जुइले रजत र अस्ट्रेलियाकी मेलिसा उले कास्य दिक जिते ।

कराँतेको महिला एकल कातामा स्पेनकी जामी सान्द्रा साचेँजले स्वर्ण, जापानकी क्युकी सिजीमाले रजत र हङकङका लाउमो र इटालीकी बोटारो भिभिनाले कास्य पदक जिते ।

कराँतेको महिला ५५ किलोमा बुल्गेरियाकी गोरोनोभा इभेटले स्वर्ण, युक्रेनकी तेरलुगा एन्जेलुगाले रजत पदक जिते । ताइवानकी वेइ जुयन र अस्ट्रियाकी बेलिना पान्कले कास्य पदक जिते ।

यसैगरी, पुरुषको ६७ किलोमा फ्रान्सका स्टेभन डा कोस्टाले स्वर्ण, टर्कीका सामडन इरेले रजत तथा काजकिस्तानका अखाटिलोभ डोभान र जोडनका रहमान अब्देलले कास्य पदक जिते ।

टेबल टेनिसको महिला टिममा चीनले स्वर्ण, जापानले रजत र हङकङले कास्य पदक जिते ।

कुस्तीको पुरुष ५७ किलो फ्री स्टाइलमा रुसी ओलम्पिक कमिटीका जाभेर उगेभले स्वर्ण, भारतका रविकुमारले रजत तथा अमेरिकाका गिलमान थोमस र काजकस्तानका नुरिस्लाम सानयेभले कास्य पदक जिते ।

पुरुष ८६ किलो फ्री स्टाइलमा अमेरिकाका डेभिड मोरिसले स्वर्ण, इरानका हसन याच्दाचारितले रजत तथा सानमारिनोका अमिन नजिम र रुसी ओलम्पिक कमिटीका अरतुर नइफनोभले कास्य पदक जिते । हक्कीको पुरुष स्पर्धामा बेल्जियमले स्वर्ण, अस्ट्रेलियाले रजत र भारतले कास्य पदक जिते ।

बिहीबार भएको बिच भलिबलको सेमिफाइनलमा जित हात पार्दै अमेरिका र अस्ट्रेलियाको जोडी फाइनलमा प्रवेश गरेको छ । अस्ट्रेलियालाई हराउँदै अमेरिकाले महिला फुटबलको कास्य पदक जितेको छ । बेसबलमा कोरियालाई हराउँदै अमेरिका फाइनलमा प्रवेश गरेको छ ।
पुरुष बास्केटबलमा अमेरिका र फ्रान्स फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा अमेरिकाले अस्ट्रेलियालाई र फ्रान्सले स्लोभानियालाई हराए ।

वाटरपोलोको महिला स्पर्धामा अमेरिका र स्पेनका बीचमा उपाधिका लागि भिडन्त हुने भएको छ । अमेरिकाले रुसी ओलम्पिक कमिटीलाई र स्पेनले हङ्गेरीलाई हराउँदै फाइनलको यात्रा तय गरेका हुन् ।

पदक तालिकामा शीर्ष स्थानमा रहेको चीनको ३५ र दोस्रोमा रहेको अमेरिकाको २९ स्वर्ण पदक छ ।

–एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ७ : ५५ बजे

बुद्ध जयन्तीमा नेपालदेखि भारत हुँदै श्रीलंकासम्म ‘बाइक राइड’

श्रीलंका, भारत र नेपालको संयुक्त आयोजनामा बुद्ध जयन्तीका दिनबाट ‘हार्टफुलनेस

सुनचाँदीको मूल्य घट्यो, कतिमा कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

डीएसपी भण्डारी र इन्सपेक्टर लिम्बू चैत महिनाका सर्वोत्कृष्ट प्रहरी

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) नवीनकृष्ण भण्डारी

इलामको चिया समस्याबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता

प्रधानमन्त्री भन्छन् : निजी क्षेत्रलाई समेटेर देश विकासको नयाँ मोडेल बनाऊँ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा