बङ्गलादेशमा कोरोनाबाट एकै दिन मृत्यु हुनेको सङ्ख्या हालसम्मकै उच्च | Khabarhub Khabarhub

बङ्गलादेशमा कोरोनाबाट एकै दिन मृत्यु हुनेको सङ्ख्या हालसम्मकै उच्च


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बङ्गलादेशमा कोभिड–१९ का कारण एकै दिन मृत्यु हुनेको संख्या हालसम्मकै उच्च पुगेको छ । बिहीबार एकैदिन २६४ जना संक्रमितको मृत्यु भएको बंगलादेशी अधिकारीहरूले जानकारी दिएका छन् ।

यो महामारी सुरू भएपछि एक दिनमा भएको अहिलेसम्मकै उच्च मृत्यु सङ्ख्या हो ।

यससँगै बङ्गलादेशमा मृत्यु भएका कोभिड सङ्क्रमितको सङ्ख्या कूल २१ हजार ९०२ पुगेको त्यहाँको स्वास्थ्य सेवा निर्देशनालय (डीजीएचएस) ले जनाएको छ ।

सरकारी तथ्याङ्कअनुसार बङ्गलादेशमा विगत २४ घण्टामा १२ हजार ७४४ थप सङ्क्रमित भएको पुष्टि गरिएको छ । योसँगै एशियाली यस मुलुकमा अहिलेसम्म सङ्क्रमित हुनेको कूल सङ्ख्या १३ लाख २२ हजार ६५४ पुगेको छ ।

बंगलादेशमा निको भएका बिरामीको कूल सङ्ख्या एक लाख १५ हजार ९४३ पुगेको डीजीएचएसले जनाएको छ ।

सरकारले दिएको जानकारीमा बङ्गलादेशमा अहिले कोभिड–१९ सङ्क्रमितको मृत्युदर १.६६ प्रतिशत रहेको छ भने हालसम्म ८७.४७ प्रतिशत सङ्क्रमित निको भएका छन् ।

यसअघि बङ्गलादेशमा एकै दिनमा सबैभन्दा बढी सङ्क्रमित सङ्ख्या जुलाई २८ मा १६ हजार २३० रहेका जनाइएको थियो । जुलाई २७ मा एक दिनमा सबैभन्दा धेरै २५८ कोभिड सङ्क्रमित बिरामीको मृत्यु भएको थियो । (रासस/सिन्ह्वा)

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ८ : १५ बजे

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित