नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टले दिए राजीनामा | Khabarhub Khabarhub

नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टले दिए राजीनामा


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले पदबाट राजीनामा दिएका छन् । विष्टले सञ्चार मन्त्रालयसमेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन् ।

विष्टले आफूले ३८ महिना अघि पाएको जिम्मेवारीबाट बिदा लिएको जानकारी गराएका छन् । राजनीतिक नियुक्तिको पद भएकाले आफूले नैतिक रूपमा राजीनामा दिएको उनको भनाइ छ ।

आफूलाई नियुक्त गर्ने केपी ओली नेतृत्वको सरकार अदालतको परमादेशबाट हटेपछि विष्टले राजीनामा दिएका हुन् ।

फेसबुकमार्फत राजीनामा दिएको जानकारी दिँदै उनले आफूलाई विश्वास गरी जिम्मेवारी प्रदान गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, विभागीय मन्त्री गाेकुल बास्काेटा एबम् याे जिम्मेवारीमा रहुञ्जेल आफूलाई ऊर्जा प्रदान गर्नुहुने सबैमा आभार प्रकट गरेका छन् ।

उनले आफ्नो कार्यकालमा नेपाल टेलिभिजन एचडी प्रविधिमा रुपान्तरण भएकोलगायतका सुधारका कार्यसम्बन्धी फेहरिस्त फेसबुकमा उल्लेख गरेका छन् ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विष्टलाई तत्कालीन सञ्चार मन्त्री बास्कोटाको पालामा ४ वर्षका लागि नियुक्त गरिएको थियो ।

राजीनामालगत्तै नेपाल टेलिभिजनको कार्यालयमा पुगेर विष्टले कर्मचारीलाई सम्बोधन गर्दै विदाइ लिएका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ७ : २९ बजे

सार्वजनिक पदमा रहेकाले सामुदायिक विद्यालयमा सन्तान पढाउनुपर्ने

गोरखा– गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना

व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै

हुम्ला– रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको

देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष

धरान डेन्टल कलेजको कन्तबिजोग

धरान – दाँतको सामान्य उपचार गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान

विद्यार्थी बढाउन कक्षा एकमै अङ्ग्रेजी विषय

वैशाख– कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो