‘बिग बोस १५’लाई छानिए यी अनुहार | Khabarhub Khabarhub

‘बिग बोस १५’लाई छानिए यी अनुहार


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता सलमान खानको विवादास्पद रियालिटी शो ‘बिग बोस १५’ यतिबेला बलिउडमा चर्चाको विषय बनेको छ । यो शोका लागि हालसम्म कैयौं कलाकारको नाम जोडिएको छ । तर शोका लागि नौ कलाकार फाइनल भएका छन् ।

‘इण्डियन आइडल’मा सहभागी भइसकेका अमित टण्डन आफ्नो पहिचान पाउन अझै पनि बलिउडमा संघर्षरत छन् । अमितलाई ‘बिग बोस १५’को प्रस्ताव आउँदा उनले यसलाई अस्वीकार गरेनन् ।

टेलिभिजन अभिनेत्री नेहा मारदाको नाम सलमानको यो शोमा लामो समयदेखि जोडिएको छ । निर्माताले पनि यो शोमा नेहा जोडिन लागेको स्वीकारेका छन् । उनी चाँडै शोमा आफ्नो धमाकेदार इन्ट्री गर्दैछिन् ।

टेलिभिजनकी अभिनेत्री रिद्धिमा पण्डितले पनि शोको अफरलाई स्वीकार गरेकी छन् । चाँडै नै रिद्धिमा यो शोमा आफ्नो अभिनय क्षमता देखाउदैछिन् ।

‘ये दिल आशिकाना’मा अभिनय गरिसकेका करण नाथ पनि सलमानको यो लोकप्रिय शोमा आफूलाई उपस्थित गराउदैछन् ।

दिव्या अग्रवालले पछिल्लो तीन वर्षदेखि निर्माताले लगातार प्रस्ताव गरिरहेका छन् । यसपटक भने उनले ग्रीन सिग्नल दिएकी छन् ।

अर्जुनका साथ सना मकबूलले पनि रोहित शेट्टीको स्टण्ड बेस्ट रियालिटी शोमा सहभागिता जनाइसकेकी छन् । यो शो पछि सना ‘बिग बोस १५’को हिस्सा बन्दैछिन् ।

हालका दिनमा अर्जुन रोहित शेट्टीको शो ‘खतरों के खेलाडी ११’मा देखिँदैछन् । कलर्स च्यानलले अर्जुनलाई ‘बिग बोस १५’ फाइनल गरेको छ ।

गायिका नेहा भसीनलाई निर्माताले ‘बिग बोस १५’मा प्रस्ताव गरेका छन् । उनीहरुको प्रस्तावलाई गायिका सहर्ष स्वीकार गरेकी छन् ।

‘कुमकुम भाग्य’ अभिनेत्री जीशान खान पनि ‘बिग बोस १५’मा देखिँदैछिन् ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  १२ : १५ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न