सत्तारुढ गठबन्धनमा वैद्य माओवादी पनि ! | Khabarhub Khabarhub

सत्तारुढ गठबन्धनमा वैद्य माओवादी पनि !



नवलपुर– पूर्वी नवलपरासीमा सत्तारुढ गठबन्धनमा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) पनि रहेको छ ।

वैद्य माओवादीसहितको उक्त गठबन्धनले जिल्लाको विकास निर्माणका सन्दर्भमा बुधबार साझा अवधारणा सार्वजनिक गरेको छ ।

गठबन्धनमा सत्तारुढ दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका साथै क्रान्तिकारी माओवादीको वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल र विवेकशील साझा पार्टी पनि समेटिएका हुन् ।

जिल्लाको विकासका लागि दलहरूलाई समेट्ने क्रममा सीपी गजुरेल नेतृत्वको गणतान्त्रिक मोर्चा र विवेकशील पार्टीलाई पनि गठबन्धनमा राखिएको माओवादी केन्द्र नवलपुरका सचिव मित्रशरण शर्मा जानकारी दिए ।

उनले जनमुक्ति पार्टीलाई पनि गठबन्धनमा समेट्नेबारेमा छलफल भइरहेको बताए । राजनीतिक विषायमा फरक मत रहे पनि जिल्लाको विकास निर्माणको सन्दर्भमा आफूहरू गठबन्धनमा सामेल भएको मोर्चाका नवलपुर अध्यक्ष पिताम्बर तिवारीले बताए ।

यद्यपि गठबन्धनमा रहेको वैद्य निकट मोर्चाले संविधान र संसदीय ब्यवस्थाका सन्दर्भमा फरक मत राखेको छ । साथै उसले एमसीसी परियोजना खारेजी, कोरोना कहरले समस्यामा परेका विषयहरू नसमेटिएको भन्दै आपत्ति जनाएको छ ।

एमसीसी खारेजी तथा जयसिंह धामी प्रकरण, कोरोना कहरले निम्त्याएको समस्याका बारेमा गठबन्धनले कुनै पनि कुरा समेट्न नचाहेकाले आफूले फरक मत राखेको मोर्चाका अध्यक्ष तिवारीले बताए ।

गठनबन्धनकातर्फबाट तयार गरिएको साझा अवधारणापत्र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलदेखि संघीय सरकारका प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने कार्यक्रम रहेको शर्माले जानकारी दिए ।

गठबन्धनले नमुना सदरमुकामको डीपीआरको अध्ययन र सम्बन्धित निकायमा काम अघिको बढाउनका लागि पहल गर्ने, त्रिवेणीदेखि मुस्ताङ हुँदै कोरला जोड्ने प्रदेश स्तरीय मार्गलाई छिटो सञ्चालनमा ल्याउन जोड दिने, जिल्लास्तरीय खेलकुद रंगशाला निर्माण, मौलाकालिकादेखि धौवादी हुँदै पाल्पा मित्याल जोड्ने पर्यटकीय पैदल मार्ग निर्माणका लागि माग गर्ने लगायतका १३ बुदे अवधारणा अघि सारेको छ ।

भृकुटी कागज कारखाना र धौवादी फलाम खानी उद्योग सञ्चालनका लागि ध्यानाकर्षण गराउने, जिल्लामा प्राविधिक विश्वविद्यालय निर्माणको लागि सम्बन्धित निकायमा माग गर्ने पनि सात दलीय गठबन्धनको अवधारणा पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ११ : ४७ बजे

भारतको लोकसभाको पहिलो चरणको मतदान आज

काठमाडौं– भारतमा सात चरणमा हुने लोकसभा चुनावको पहिलो चरणको मतदान

क्यानडामा इस्लाम धर्मावलम्बीले अब उधारो र सापटीको ब्याज तिर्नु नपर्ने

टोरोन्टो–  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बजेटमा यस्तो घोषणा गरेका हुन्,

संसदीय समिति बैठक बस्दै, फास्ट ट्रयाकका बारेमा छलफल हुने

काठमाडौं– संघीय संसद्को एक समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा

आईपिएल : पञ्जाबमाथि मुम्बई ९ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

काँक्रेविहार– भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा भेरी करिडोरमा