एक तिहाई पनि फेला पर्दैनन् चोरिएका मोटरसाइकल | Khabarhub Khabarhub

एक तिहाई पनि फेला पर्दैनन् चोरिएका मोटरसाइकल



काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी नियन्त्रणका लागि छुट्टै युनिट खडा गरेर काम गरिरहेको छ । युनिटले विभिन्न अभियान पनि चलाइरहेको छ ।

महाशाखाले फेला परेका मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाउने गरेको छ । यही साताको मङ्गलबार महाशाखाले २३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गर्‍यो ।

महाशाखा प्रमुख एसएसपी जनक भट्टराईका अनुसार हस्तान्तरण गरिएका २३ मध्ये १२ वटा पल्सर र ११ वटा अन्य कम्पनीका थिए ।

प्रहरीले चोरी नियन्त्रणका लागि प्रयास गरिरहे पनि चोरी भइरहेको छ । महाशाखा प्रमुख भट्टराई भन्छन्, ‘हामीले चोरीमा संलग्न गिरोह पक्राउ गरिरहेकै छौँ । चोरी भएका साधन फेला पारेर सम्बन्धित धनीलाई जिम्मा लगाउने गरेका छौँ तर पनि चोरी हुन छाडेको छैन ।’

उनका अनुसार पछिल्ला दिनमा शंकास्पद स्थानमा निगरानी बढाएपछि उजुरीको संख्यामा केही कमी भएको छ ।

दैनिक तीन वटाभन्दा बढी चोरिन्छन्

यही साउनको १९ दिनमा मात्रै काठमाडौँ उपत्यकामा ७३ वटा मोटरसाइकल चोरिएका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा काठमाडौँ उपत्यकाबाट १ हजार ३५६ वटा र २०७६/७७ मा १ हजार ३७९ वटा मोटरसाइकल हराएका थिए । महाशाखाको यो तथ्याङ्कअनुसार काठमाडौँ उपत्यकामा दैनिक ३ वटाभन्दा मोटरसाइकल हराउँछन् ।

दुई आर्थिक वर्षमा हराएका मोटर साइकलको संख्या अनुसार दैनिक ३ दशमलव ७४ वटा अर्थात ४ दिनमा १५ वटा हराउँछन् ।

महाशाखा प्रमुख एसएसपी भट्टराईका अनुसार बजाज कम्पनीको पल्सर मोटरसाइकल धेरै हराउने गरेको छ । पल्सरपछि यामाहा कम्पनीका एफजेड, डुक, रोयल इन्फिल्ड पर्छ । होन्डा कम्पनीका डिओ स्कुटर र साइन मोटरसाइकल पनि हराउनेमा पर्छ ।

पल्सर मोटरसाइकलको इन्जिनले पानी तान्ने मोटरको काम गर्न सकिने भएकाले चोरको रोजाइमा पर्ने गरेको प्रहरीको निष्कर्ष छ । युवा पुस्ताको रोजाइ र ग्रामीण भेगमा समेत माग बढी भएकोले पनि पल्सर मोटरसाइकल बढी चोरी हुने गरेको एसएसपी भट्टराईको बुझाइ छ ।

प्रहरी अनुसन्धानअनुसार उपत्यकाबाट चोरी भएका मोटरसाइकल काभ्रे, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रामेछाप, ओखलढुङ्गा, लगायतका जिल्लाहरूमा पुर्‍याइन्छन् । चोरहरूले प्रहरीको उपस्थिति कम हुने ठाउँमा पुर्‍याउँछन् ।

चोरी धेरै, भेटिने थोरै

चोरी भएको संख्या अनुसार थोरैमात्र भेटिन्छ । महाशाखाका अनुसार यो साउनको १९ दिनमा ७३ वटा हराएकोमा ४२ वटा फेला परे ।

आर्थिक वर्ष २०७७/७८ मा १ हजार ३५६ वटा हराएकामा ४१८ वटामात्रै फेला परे । आर्थिक वर्ष २०७६/७७ मा १ हजार ३७९ वटा हराएकामा ३५५ वटा मात्र फेला परे ।

चोर भेटिँदैन

महाशाखाले यो साउनमा ४२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझायो तर चोरीमा संलग्न ५ जनामा मात्र पक्राउ परे ।

आर्थिक वर्ष २०७७/७८ मा ४१८ वटा मोटरसाइकल भेटेर सम्बन्धित धनीलाई जिम्मा लगाउँदा जम्मा ५१ जना पक्राउ परे । आर्थिक वर्ष २०७६/७७ मा ३५५ वटा मोटरसाइकल भेटिँदा ३८ जनामात्र पक्राउ परे ।

किन फेला पर्दैनन् त चोर ?

महाशाखा प्रमुख एसएसपी भट्टराईका अनुसार हराएकामध्ये नम्बर प्लेट परिवर्तन नगरिएका मोटरसाइकल चालकविना पनि प्रहरीले नियन्त्रणमा लिन्छ । ब्लु बुकु र लाइसेन्स दुवै नभएको अवस्थामा प्रहरीले परिस्थितिअनुसार मोटरसाइकल मात्र वा चालकलाई पनि नियन्त्रणमा लिन्छ । अहिले चेरीमा संलग्न व्यक्ति समातिने क्रम बढेको उनी बताउँछन् ।

यसरी चोरी हुन्छ मोटरसाइकल

ट्राफिक प्रहरीका अनुसार काठमाडौँका अस्पताल, पार्टी प्यालेस र विभिन्न स्थानका एकान्त पार्किङबाट मोटरसाइकल हराउने गरेको छ । चोरी गर्नुपूर्व चोरहरूले चालकको गतिविधि निगरानी गर्छन् र मौका मिल्ने बित्तिकै आफ्नो तरिका अपनाएर चोरी गर्छन् ।

चोरीमा संलग्न गिरोहका सदस्यहरूको मोटरसाइकल ‘रेकी’ गर्नेदेखि चोरेर बाहिर लैजाने सम्ममा आआफ्नो भूमिका हुन्छ । चोरेर वर्कसपमा पु¥याउँछन् । त्यहाँ स्वरूप परिर्वतन गर्ने, नम्बर प्लेट फेरेर चलाउने, सिङ्गै बेच्ने, पार्टपूर्जा खोलेर बच्ने जस्तो काम हुन्छ ।

एसएसपी भट्टराईका अनुसार चोरी गर्नेले सुलभ, आकर्षक र बढी माग हुने खालका मोटरसाइकल र स्कुटरहरू रोज्ने गरेका छन् ।

गाडी पनि चोरिन्छ

यही साउन ७ गते प्रहरीको महानगरीय अपराध महाशाखाले काठमाडौँको बौद्धबाट चोरीका दुईवटा क्रेटा गाडी बरामद ग¥यो । त्यसको पर्सिपल्ट सोही ब्राण्डको अर्को गाडी बरामद भयो ।

नक्कली ब्लुबुक र नक्कली नम्बर प्लेट राखेर चोरीका गाडी बेचेको आरोपमा अपराध महाशाखाले नेपाली सेनाका एक जवान कृष्ण रोकाया र कञ्चनपुर घर भएका अर्जुन कठायत पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाका प्रमुख, एसएसपी चन्द्रकुवेर खापुङका कृष्ण र अर्जुनले बेच्ने तयारी गरिरहेको अवस्थामा हुन्डाई कम्पनीका कार बरामद गरिएको थियो । ती कार भारतबाट कैलालीको गौरीफन्टा नाका हुँदै काठमाडौँ ल्याएको प्रहरीले पत्ता लगाएको छ ।

प्रहरीले गत असार १४ गते क्रेटाकै दुईवटा कार चाबहिल र भक्तपुरको सूर्यविनायकबाट बरामद गरेको थियो । घटनामा प्रहरीले नक्कली ब्लु बुकसहित मोरङ घर भएका रेवतीरमण निरौला, मधुसुदन पाण्डे र कमलबावु पुरी भन्ने कमलबाबु भट्टलाई पक्राउ परे । प्रहरीले नक्कली कागजात ५ बोरा पनि बरामद गरेको थियो ।

प्रहरी अनुसन्धान अनुसार भारतबाट गाडी र मोटरसाइकल चोर्न र काठमाडौँमा बेच्न तीन वटा समूह सक्रिय रहेको देखिएको छ । महाशाखा प्रमुख एसएसपी खापुङका अनुसार भारतमा चोर्ने समूहले कैलालीको गौरीफन्टा नाकासम्म ल्याउँछन् । कैलालीमा सक्रिय समूहले काठमाडौँ ल्याउँछ ।

काठमाडौँमा नक्कली कागजात बनाउने र बेच्ने काममा छुट्टै समूह सक्रिय छ । चोरीका गाडी बेच्ने समूहले हुन्डाई कम्पनीको क्रेटा गाडी २० लाखदेखि ३० लाख रुपैयाँ र बुलेट मोटरसाइकल २ लाख ३० हजारसम्ममा बेच्ने गरेको पाइएको छ ।

सवारी धनी सचेत हुनुपर्छ

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारीसाधन चोरी नियन्त्रणका लागि सवारी धनी स्वयम् सचेत बन्न आग्रह गरेको छ । सवारीसाधनमा अतिरिक्त ह्वील लक, डिस्क लक, सेक्युरिटी साइरनहरू जडान गर्न, धेरै बेर एकान्तमा पार्किङ नगर्न प्रहरीको सुझाब छ ।

 

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ८ : १० बजे

युक्रेन युद्धमा रुसलाई समर्थन गरेको अमेरिकी दाबीमा चीनको आपत्ति

बेइजिङ– बेइजिङले युक्रेनमा रुसको युद्धको समर्थन गरिरहेको भन्ने अमेरिकाको ‘निराधार

रूसी लगानीकर्तालाई नेपाली लगानी गर्न एफएनसीसीआइको आग्रह

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ र रूसी संघको चेम्बर

उम्मेदवार भण्डारीका बुवाको निधनप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं– नेकपा (एमाले)ले बझाङ-१ का प्रदेशसभा सदस्यका उम्मेदवार दमन भण्डारीका

सीपीको आक्षेप- भारतको दाल, डुकू खाएर माओवादीले एक दशक हतियार चलायो

२०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले मुलुकमा १९ दिन

इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

नैरोबी– उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५०