राष्ट्रिय सभाको कामकारबाहीलाई प्रभावकारी बनाउनुपर्नेमा सांसदहरूको जोड | Khabarhub Khabarhub

राष्ट्रिय सभाको कामकारबाहीलाई प्रभावकारी बनाउनुपर्नेमा सांसदहरूको जोड


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय सभा सदस्यहरुले राष्ट्रिय सभाको कामकारबाहीलाई प्रभावकारी बनाउदै लैजानुपर्नेमा जोड दिएका छन् ।

सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा उनीहरुले राष्ट्रिय सभाको बैठक प्रभावकारी हुन नसकेको भन्दै गम्भीरताका साथ यसलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन्।

बैठकमा राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले राष्ट्रिय सभामा जनताको विषय वस्तुलाई प्रभावकारी रुपमा उठाउनुपर्ने बताए । राष्ट्रियसभामा भएका गल्ती कमजोरीलाई सच्याएर नै अघि बढ्नुपर्ने उनको भनाइ छ । उनले राष्ट्रिय सभा सदस्यहरु सांसदको भूमिका भन्दा पनि पार्टीको भूमिकामा बढी देखिएका कारण प्रभावकारिता हुन नसकेको टिप्पणी गरे ।

त्यस्तै अन्य सदस्यहरुले विभिन्न विधेयकमाथिको छलफललाई निरन्तरता दिनुपर्ने र राष्ट्रियसभाको छुट्टै औचित्य पुष्टि गर्ने बेला आएको धारणा राखेका थिए ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ८ : ४५ बजे

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।