तामाकोशी आयोजनाको विलम्बले राष्ट्रलाई असाधारण क्षति पुग्यो : प्रधानमन्त्री (भिडियोसहित) | Khabarhub Khabarhub

तामाकोशी आयोजनाको विलम्बले राष्ट्रलाई असाधारण क्षति पुग्यो : प्रधानमन्त्री (भिडियोसहित)


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणमा भएको ढिलाईले राष्ट्रलाई नै असाधारण क्षति पुर्‍याएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले स्वदेशी पुँजीमा निर्माण गरिएको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको कम्प्युटरबाट स्विच थिचेर भर्चुअल रूपमा उद्घाटन गर्दै आयोजना निर्माणमा ढिलाई हुँदा ठूलो घाटा ब्यहोर्नु परेको बताएका हुन् । उनले विभिन्न कारणले आयोजना निर्माण कार्य विलम्ब भएकाले निर्माण अवधिको ब्याज १४ अर्ब लाग्ने अनुमान गरिएकोमा थप १८ अर्ब बढेर ३२ अर्ब पुगेको जानकारी दिए ।

नेपालीहरूकै लागतमा आयोजना बनेको भन्दै यो धेरै खुशीको कुरा भएको उनको भनाइ छ । विकास सबैको साझा आवश्यकता भएको बताउँदै प्रधानमन्त्री ओलीले उपलब्धी पनि सबैको भएको बताए । उनले माथिल्लो तामाकोशीबाट उत्पादित विद्युत् ढल्केबर सबस्टेशनबाट देशका विभिन्न भागमा वितरण गरिने जानकारी दिए ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजना निर्माण कार्य ढिलाइ हुँदा धेरै क्षति हुने उल्लेख गर्नुहुँदै समयमै निर्माण सम्पन्न गर्न सबैले ध्यान दिनुपर्ने बताए । त्यस्तै उनले मुलुकको विकासमा सरकार तीव्र ढंगले अघि बढेको जिकिर गरे ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं उर्जामन्त्री विष्णु पौडेलले नेपाली पुँजीमा निर्मित माथिल्लो तामाकोशी आयोजनाको विशिष्ट महत्त्व भएको उल्लेख गर्दै नेपालमा अब कहिल्यै पनि लोडसेडिङ नहुने बताए । ४ सय ५६ मेगावाटको यो आयोजनाबाट सोमबार पहिलो युनिटबाट विद्युत् उत्पादन भएको हो । एउटा युनिटले ७६ मेगावाट बिजुली उत्पादन गर्दछ ।

आयोजनाको करिब ८४ अर्ब रुपैयाँ लगानी लागेको प्रारम्भिक अनुमान छ । यसमा ५२ अर्ब खर्च र बाँकी ३२ अर्ब निर्माण अवधिको ब्याज पुगेको छ ।

हेर्नुहोस भिडियो

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ७ : ४९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०