प्रधानमन्त्री ओलीद्वारा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उद्घाटन | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीद्वारा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उद्घाटन


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गरेका हुन् ।

कूल ४५६ मेगावाट क्षमताको आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाटको पहिलो युनिट बिजुली उत्पादन शुरू भएको छ ।

माथिल्लो तामाकोशीमा ७६-७६ मेगावाटका ६ वटा युनिट छन् । भदौ महिनाभित्रै सबै युनिटबाट पूर्ण क्षमतामा बिजुली उत्पादन गर्ने लक्ष्य छ ।

माथिल्लो तामाकोशी स्वदेशी लगानीको सबैभन्दा ठूलो आयोजना हो । शुरुआती लागत ३५ अर्ब रहे पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाब, ब्याजलगायतका कारण लागत भने बढेर झण्डै ८० अर्ब हाराहारी पुगेको छ ।

यो परियोजनाले आर्थिक वृद्धिमा करिब एक प्रतिशत योगदान दिने अर्थ तथा ऊर्जामन्त्री विष्णु पौडेलले जानकारी दिए । उनले यसले दिगो रुपमा लोडसेडिङ अन्त्य गर्ने सुनिश्चित गरेको बताए ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ६ : ०१ बजे

तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा– चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ

भारतीय चुनाव : मोदी सरकारका ८ मन्त्रीको परीक्षा

भारतमा मतदानका लागि लामवद्ध मतदाता । तस्बिर स्रोत : आजतक

गण्डकीको प्रदेशसभा बैठक बस्दै

गण्डकी– गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले पदपूर्तिका लागि ठूलो सङ्ख्यामा आवेदन माग गरेको छ।