सूर्यविनायकको जंगलमा सढेको अवस्थामा पुरुषको शव फेला | Khabarhub Khabarhub

सूर्यविनायकको जंगलमा सढेको अवस्थामा पुरुषको शव फेला


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित चमेली वनमा शङ्कास्पद अवस्थामा पुरुषको शव फेला परेको छ ।

बाँया हातमा मेडिकलको ब्याण्डेज बाँधेको, घाँटीमा टेलिफोनको लाइन जोड्न प्रयोग हुने खालको तार बाँधेको र उक्त तार चिलाउनेको हाँगोमा बाँधेको अवस्थामा शव जङ्गलमा फेला परेको प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

महानगरीय प्रहरी वृत्त ठिमीले घटना र शवको प्रकृतिअनुसार हरियो ज्याकेट, सुन्तला रङ्गको कट्टु र कालो जुत्ता लगाएको, अन्दाजी ४० देखि ४२ वर्षको देखिने पुरुषको शव जङ्गलमा आइतबार भेटिएको प्रहरीले आज जानकारी दिएको छ ।

अन्दाजी एक साताअघि नै मृत्यु भएकाले शव सड्न थालेको र दुर्गन्धित अवस्थामा भेट्टाइएको हो । पहिचान भने भएको छैन । शव परीक्षणका लागि केएमसी अस्पताल दुवाकोट पठाएर अनुसन्धान शुरु गरेको बताएको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  १ : ३० बजे

गुल्मीमा भीषण आगलागी, कम्तीमा चार दर्जन घरगोठ जले

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा भीषण आगलागी भएको छ ।

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो : अर्थमन्त्री

काठमाडौं । अमेरिका भ्रमणबाट आज स्वदेश फर्किएका अर्थमन्त्री वर्षमान पुनले

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको

पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल

बागलुङ । पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढेको छ ।