९ दिनदेखि बेपत्ता युवतीको शव जंगलमा भेटियो | Khabarhub Khabarhub

९ दिनदेखि बेपत्ता युवतीको शव जंगलमा भेटियो


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनको राप्ती नगरपालिकाबाट नौ दिनदेखि बेपत्ता युवतीको शव स्थानीय जंगलमा फेला परेको छ ।

नौ दिनदेखि हराइरहेकी चितवनकी सुजिता भण्डारीको शव राप्ती नगरपालिकाको ब्रह्मस्थानी सामुदायिक वनमा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओमप्रसाद अधिकारीका अनुसार आइतबार अपराह्न शव भेटिएको थियो । शव साँझ मात्र सुजिताका परिवारले पहिचान गरेका थिए ।

एसपी अधिकारीका अनुसार सुजिताले बेपत्ता भएकै दिन दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अपहरण गरेको बताएको अनुसन्धानबाट खुलेको छ । त्यस लगत्तै परिवारले भण्डारीको अपहरण भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

भण्डारी असार ११ गते विहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी थिइन् । सोही दिन उनले १२ बजे दिदीलाई फोन गरेर अपहरणमा पारेको बताएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

घटना लगत्तै घटनाबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीसमेत अनुसन्धानमा खटिए पनि केही सुराक भेटाउन सकेको थिएन ।

आइतबार जंगलमा च्याउ टिप्न गएका स्थानीयहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान जारी नै रहेको बताएको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ९ : १० बजे

कर्णालीका मुख्यमन्त्री कँडेलले बैशाख १३ गते विश्वासको मत लिने

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बैशाख १३ गते विश्वासको

बँदेलले टोक्दा सातजना घाइते

दैलेख– रातको समयमा अन्न र तरकारी बालीमा नोक्सानी पुर्‍याउँदै आएको

‘कर्णालीमा नेपाली भाषा र साहित्यको पृष्ठभूमि र इतिहास छ’

सुर्खेत – लामो समयदेखि भाषा र साहित्यको अध्ययन गरेका विद्वानहरूले

‘बोक्सीको घर’ : हतारै हतारमा बनेको गीत ‘बुझिनँ मैले’

काठमाडौंं – केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ वैशाख १४ बाट

कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए

काठमाडौं- प्रथम दक्षिण एसियाली कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली