दिगो विकासका लागि यूएनडीपी र एनसेलबीच साझेदारी | Khabarhub Khabarhub

दिगो विकासका लागि यूएनडीपी र एनसेलबीच साझेदारी


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा दिगो विकास तथा स्वस्थ जीवन र स्वच्छ सहरका लागि साइकल यात्रा अभियानको प्रवर्द्धन गर्न संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (यूएनडीपी) र एनसेल आजियाटा लिमिटेडले साझेदारी गरेका छन् ।

यसका लागि यूएनडीपीकी आवासीय प्रतिनिधि ऐशानी मेडागाङ्गोडा लाबे र एनसेलका प्रमुख कार्यकाकारी अधिकृत एन्डी चोङ्ले जेठ २१ गते समझदारी पत्रमा (भर्चुअल रूपमा) हस्ताक्षर गरेका हुन् ।

साइकल अभियानलाई ‘ग्रिनवे’ अर्थात् ‘हरितमार्ग’ एपको माध्यमलगायतबाट प्रवर्द्धन गरिने भएकाे छ । सहरी बासिन्दाका लागि दिगो सहरी यातायात र वातावरण–मैत्री जीवनपद्धतिको छनोट प्रवर्द्धन गर्ने उद्देश्यले यो अभियानको शुभारम्भ गएकाे पुस २०७७ बाटै भएको थियो ।

‘विश्व वातावरण दिवस २०२१’को पूर्वसन्ध्यामा हस्ताक्षरित यस समझदारी पत्रअन्तर्गत यूएनडीपी र एनसेलले आफ्नो व्यावसायिक-सामाजिक जिम्मेवारी (सीएसआर)को हिस्साका रूपमा काठमाण्डौ उपत्यकाबाहिरका अन्य इच्छुक सहरहरूमा समेत साइकल अभियान विस्तार गर्न सहकार्य गर्नेछन् । अभियानले स्वस्थ सहरका लागि साइकल यात्राको नियमन, नक्सांकन, विश्वास तथा प्रोत्साहनका लागि विद्यमान प्रविधि प्रयोग गर्नेछ ।

मानिसहरूलाई प्रतिस्पर्धात्मक खेलमार्फत बढीभन्दा बढी साइकल प्रयोग गर्न उत्साहित गरिने भएकाे छ, जसले साइकलयात्रीलाई पुरस्कारसँगै प्रोत्साहित गर्ने र खेलमा सहभागी हुने तथा प्रायोजन गर्ने जस्ता वातावरणमैत्री व्यवसायलाई समेत पक्षपोषण गर्ने विश्वास लिइएकाे छ । यस अभियानले साइकलमैत्री, सुरक्षित पूर्वाधारको बढ्दो लगानीका लागि वकालत गर्दछ । यससँगै आर्थिक, स्वास्थ्यलगायत वातावरणीय तथा कोभिड–सम्बद्ध सुरक्षाका लागि समेत मानिसहरूलाई साइकल जीवनशैली सुरु गर्न वा निरन्तर गर्न उत्प्रेरित गर्दछ ।

यूएनडीपीकी आवासीय प्रतिनिधि ऐसानी मेडागांगोडा लेबले भन्नुभयो, ‘यूएनडीपी सहरी दिगो प्रतिफल हासिल गर्न र वायु प्रदूषण, सवारी चाप तथा सडक सुरक्षा एवं लाखौं सहरी बासिन्दाको गुणस्तरीय जीवनमा प्रत्यक्ष प्रभाव पार्ने सवालमा सार्वजनिक-निजी साझेदारीको प्रभावकारितामा विश्वास गर्दछ ।’

एनसेलका प्रमुख कार्यकाकारी अधिकृत एन्डी चोङ्ले यो अभियान दिगो समाजप्रतिको प्रतिबद्धता र मातृ कम्पनी आजियाटाको ‘नेट–जिरो कार्बन’ लक्ष्यसँग जोडिएको बताउनुभयो । ‘साइकल यात्रालाई सहरी आउजाउ, व्यावहारिक रूपमा छोटो–तथा मध्यम दूरीको यातायातको दिगो साधनका रूपमा प्रवर्द्धन गर्न र हरित उद्देश्य प्राप्तिका लागि संयुक्त राष्ट्रसंघसँग हातेमालो गर्न पाएकोमा एनसेल आभारी छ,’ उहाँले भन्नुभयो, ‘साइकल यात्राका अनेकन् फाइदासँगै हामी यो विश्वास गर्दछौं कि शहरमा यात्रा गर्ने हाम्रो शैलीमा परिवर्तनको सम्भावना छ ।’

यूएनडीपी र एनसेलबीच हस्ताक्षर भएको समझदारी पत्रले नेपालमा दिगो विकास लक्ष्यको प्रगतिका लागि संयुक्त रूपमा पहलकदमी लिन र अन्वेषण गर्न प्रतिबद्धता व्यक्त गर्दछ ।

‘यो सबैका लागि पहुँचयोग्य र सबैलाई फाइदा पुर्याउने एउटा खेल हो । कुनै पनि व्यक्तिले स्मार्टफोनबिनै वा यसको साथमा यसमा सहभागी हुन र सुविधा भोग गर्न पाउँछन्, जसले गर्दा उनीहरू आफैंको र सहरको समेत भलो हुन्छ,’ साइकल सिटी नेटवर्क नेपाल (सीसीएनएन)का अध्यक्ष शैलेन्द्र डंगोलले भन्नुभयो, ‘असंख्य अभ्यास र परीक्षणपछि अन्ततः हामीले साइकल गेम एप, ग्रिनवे सुरु गर्न सकेका छौं । म यो अभियानमा भाग लिन र यसबाट लाभ लिन सबैमा आह्वान गर्दछु ।’

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ६ : ३३ बजे

मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गरेका

बारुणयन्त्र चुस्तदुरुस्त राख्न निर्देशन

विराटनगर – आगलागीका घटनालाई तुरुन्त नियन्त्रणमा लिन विराटनगर महानगरपालिकाका तीनवटै

सुशासनमा देखिएका अवरोध र चुनौती

लोकतन्त्र हाम्रो अभिष्ट र जीवन–पद्दति भइसकेको छ । यति हुँदाहुँदै

रविको प्रश्न –सहकारीको ऋण लिएको छैन, जीबी राईका सारा बदमासीको ठेक्का लिनुपर्ने हो ?

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले सहकारीबाट कुनै

धनकुटाको हिलेमा भोलिदेखि खाना महोत्सव हुँदै

धनकुटा । पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटाको व्यापारिक