सेनाको सफा हिमाल अभियान : २७ हजार ६७१ किलो फोहोर संकलन, चारवटा शव फेला | Khabarhub Khabarhub

सेनाको सफा हिमाल अभियान : २७ हजार ६७१ किलो फोहोर संकलन, चारवटा शव फेला


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाको नेतृत्वमा भएको सफा हिमाल अभियान अन्तर्गत २७ हजार ६७१ किलो फोहोर तथा चारवटा शव संकलन गरिएको छ ।

वैशाख २ गतेदेखि जेठ १५ गतेसम्म सञ्चालन गरिएको सफा हिमाल अभियान २०२१ का क्रममा विभिन्न हिमालबाट कुहिने र नकुहिने गरि २७ हजार ६७१ किलो फोहोर संकलन गरिएको नेपाली सेनाले जानकारी गराएको हो । सो क्रममा सबैभन्दा बढी फोहर सगरमाथाबाट संकलन भएको छ ।

संकलितमध्ये अहिलेसम्म १२ हजार ९९५ किलो फोहोर व्यवस्थापन वा पुनःप्रयोगका लागि हस्तान्तरण गरिएको छ । शनिबार सैनिक मुख्यालयमा भएको समापन समारोहमा हिमाल सफाइ अभियानमा खटिएकाहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो भने टोली लिडरहरूले झण्डा हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा सेनाका उपरथी गोकुल भण्डारीले सफा हिमाल अभियानका लागि सरकारी तथा गैरसरकारी बिभिन्न संस्थाबाट सहयोग भएको जानकारी दिए । उनले सफाइका क्रममा नेपाली सेनाका तीन जनाले आमदब्लम हिमालको सफल आरोहण पनि गरेको बताए ।

त्यस्तै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले प्रतिकुल मौसमका बाब्जुत पनि सेनालाई बिभिन्न तवरबाट सहयोग प्राप्त भएको बताए । उहनले समय समयमा हिमाल सफाइ गर्नुभन्दा फोहोर नै हुन नदिनका लागि आवश्यक कदम चाल्नुपर्ने उल्लेख गरे ।

यस वर्ष हिमाल सफाइका लागि नेपाली सेनाका ४३ तथा सेवा प्रदायक संस्थाले उपलब्ध गराएका ६९ जना शेर्पा सहभागी भएका थिए । वन तथा वतावरण मन्त्रालय, पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागसहित सरोकारवाला निकायसँगको सहकार्यमा सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयको व्यवस्थापनमा हिमाल सफाइ अभियान सञ्चालन भएको थियो ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  १० : १२ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका